स्वा.वाग्लेको मृत्युबारे छानविन गर्न माओवादी केन्द्रका सांसदहरुको प्रतिनिधि सभाको बैठकमा माग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-२-२७ गते   १६३९ पटक हेरिएको

नेकपा(माओवादी केन्द्र) सर्लाहीका तत्कालीन जिल्ला इन्चार्ज स्वा.डाचाराज वाग्लेको मृत्युबारे छानविन गर्न माग प्रतिनिधि सभाको बैठकमा कुरा उठेको छ ।शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा माओवादी केन्द्रका प्रतिनिधि सभा सदस्यहरुले सर्लाहीका तत्कालीन जिल्ला इन्चार्ज स्वा.डाचाराज वाग्लेको मृत्युबारे छानविन गर्न माग प्रतिनिधि सभाको बैठकमा कुरा उठाएका हुन ।
 सांसद गिरिराजमणि पोखरेलले स्वा. वाग्लेको मृत्युबारे गहन छानविन गरी सत्यतथ्य बाहिर ल्याउन प्रतिनिधि सभाको बैठकमा माग गर्नु भएको उहाँकी पत्नी सरस्वती वाग्ले(मिश्र)ले जानकारी दिनु भयो । बैठकको विशेष समयमा उहाँले स्वा.वाग्लेको मृत्यबारे सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अनुसन्धान औपचारिकता मै सीमित भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भएको हो ।
‘मिटरव्याजी विरुद्धको आन्दोलनमा होमिएका सर्लाहीका स्वा.वाग्लेको रहस्यमय तरिकाले मृत्यु भयो’,सरकारले सीआइबीमार्फत अनुसन्धानसमेत गर्यो । तर अपौचारिकतामा टुङ्ग्याउने हिसाबले अनुसन्धान गरेको छ।’ सांसद पोखरेलले बताउनु भयो ।
माओवादी केन्द्र सर्लाहीका तत्कालीन इन्चार्ज वाग्लेको नयाँरोड बरहथवा सडक खण्ड अन्र्तगत मुत्र्तियामा २०७७ माघ २१ गते बुधाबार साँझ बरहथवामा भएको पार्टीको कार्यक्रम सकेर भोली पल्टको कार्यक्रमको तयारीका लागि फर्कदै गर्दा बरहथवा नयाँरोड सडक खण्डमा रहस्यमय मृत्यु भएको थियो । मोटरसाईकल दुर्घटनामा ज्यान गएको बताइएको भएपनि उनको रहस्यमय मृत्यु भएको भन्दै माओवादी केन्द्रका सांसदहरुले यथासिघ्र छानविन गरि मृत्युको कारण पक्ता लगाई दोषी उपर कडा कार्बाही गर्न माग गरेका छन् ।तर उनको रहस्यमय मृत्युु भएको १ वर्ष पुरा भई सक्दा समेत सरोकारवाला निकाय मौन देखिएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech