सर्लाहीको बागमती नगरपालिकामा सञ्चालित राष्ट्रपति रनिङ शिल्ड तथा नगरस्तरीय खेलकुद प्रतियोगिता २०८२ मा बागमती नगरपालिका ८ शंकरपुर स्थित रहेको नवजन जागरण मा.वि.१३ स्वर्ण पदक सहित नगर प्रथम भएको छ ।बागमती नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड तथा नगरस्तरीय खेलकुद प्रतियोगिता २०८२ प्रतियोगितामा बागमती नगरपालिका ८ शंकरपुर स्थित रहेको नवजन जागरणले १३ स्वर्ण,छ रजत र तीन काश्य पदक सहित लगातार तीन पटक प्रथम स्थान हात पारेको छ ।
बागमती नगरपालिका ११ स्थित बागमती युवा क्लबको खेल मैदान स्व.सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा मंगलबाबाट सुरु भएको प्रतियोगितामा आठ स्वर्ण, आठ रजत र सात कांस्य पदक सहित बागमती नगरपालिका ५ सोल्टी बजार स्थित रहेको जनता मा.वि द्वितीय र तीन स्वर्ण, छ रजत र चार कांस्य पदक सहित बागमती नगरपालिका १ मिलनचोक स्थित रहेको जनता माध्यमिक विद्यालय तृतीय भएको छ ।बागमती नगरपालिका भित्रका सात वटा सामुदायिक र एक संस्थागत सहित आठ वटा मा.वि.हरुको सहभागिता आयोजना गरिएको प्रतियोगितामा १५ विधामा छात्र र छात्राको छुट्टा छुट्टै प्रतिस्पर्धा भएको थियो ।
राष्ट्रपति रनिङ शिल्ड अन्तरगत भलिबल,दौड,हाइजम्प,लङजम्प,ज्यावलिङ थ्रो र सटपुट, लगायतका प्रतिस्पर्धा गराएको बामगमती नगरपालिकाको नगर शिक्षा तथा खेलकुद शाखाका संयोजक मीन प्रसाद उपाध्यायले जानकारी दिए ।उनका अनुसार बागमती नगरपालिका ८ स्थित शंकरपुरमा रहेको जन जागरणले लगातार तीन वर्ष नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि हात पारेको छ ।
त्यसैगरी,प्राथमिक विद्यालय तर्फ जन जागृती आधारभुत विद्यालय बथनिया छ स्वर्ण,चार कांस्य सहित प्रथम,शंकरपुर प्राथमिक विद्यालय सन्तोषपुर तीन स्वर्ण,सात रजत र एक कांस्य पदक सहित द्वितीय र जनज्योति मावि जियाजोर दुई स्वर्ण,दुई रजत र दुई कांस्य सहित तृतीय भएका बागमती नगरपालिकाको खेलकुद विकास प्रतिष्ठानका संयोजक राजकुमार विश्वकर्माले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा उत्कृष्ट विद्यालय तथा विद्यार्थीहरूलाई मधेश प्रदेश सरकारका उर्जा,जलस्रोत तथा सिचाई मन्त्री जवाहरलाल कुशवाहाले शिल्ड,ट्रफी तथा मेडल वितरण गरेका हुन ।