१२ वटै प्रदेशका माओवादी केन्द्रका सह इन्चार्जहरूको जिम्मेवारी

374 Shares

नेकपा(माओवादी केन्द्र)ले १२ वटै प्रदेशका सह इन्चार्जहरूको जिम्मेवारी खोसेको छ।माओवादी केन्द्रको केन्द्रीय पदाधिकारी बैठकले हालका लागि १२ वटै प्रदेशमा सह इन्चार्जहरूको पद नराख्ने निर्णय गरेसंगै १२ वटै प्रदेशका सह इन्चार्जहरूको जिम्मेवारी खोसिएको हो ।
सह–इन्चार्जहरूको जिम्मेवारीमा रहेका नेताहरूलाई सम्बन्धीत प्रदेश समन्वय कार्यालयको सदस्यमा निरन्तर कायम राख्ने र सम्बन्धीत प्रदेश समन्वय कार्यालयले नै ठोस कार्य जिम्मेवारीहरूको विभाजन गर्ने निर्णय भएको माओवादी केन्द्रका प्रवक्ता अग्नी प्रसाद सापकोटाले जानकारी दिए ।उनका अनुसार सम्बन्धीत प्रदेश समन्वय कार्यालय विस्तार गर्नुपर्ने देखिएमा सम्बधीत प्रदेश समन्वय कार्यालयको सिफारिसमा केन्द्रीय कार्यालयले निर्णय गर्ने तय भएको छ । 
गत माघमा उपत्यका विशेष प्रदेश,सम्पर्क समन्वय प्रदेश,सार्क प्रवाश प्रदेश,यसिया प्रवाश प्रदेश,पश्चिम अन्तर महादेशीय प्रवाश प्रदेश,कोशी,मधेश,बागमती,गण्डकी,लुम्बिनी,कर्णाली र सुदुर पश्चिम प्रदेश गरी १२ वटै प्रदेशहरुको सह इन्चार्ज तोकिएकोमा हालै बसेको केन्द्रीय पदाधिकारी बैठकले सबै सह इन्चार्जहरुको जिम्मेवारी खोसेको माओवादी केन्द्रको केन्द्रीय कार्यालयले जनाएको छ ।
जस अनुसार उपत्यका विशेष प्रदेशमा मोहन कार्की,रमेश मल्ल र राम प्रसाद सापकोटालाई सह इन्चार्ज बनाएको थियो।सम्पर्क समन्वय प्रदेशमा झक्कु प्रसाद सुवेदी,देबेन्द्र पराजुली र  मान बहादुर बुढा,सार्क प्रवास प्रदेशमा ईश्वरी भण्डारी,एसिया प्रवास प्रदेशमा डिबी क्षेत्री, पश्चिम अन्तर महादेशीय प्रवास प्रदेशमा सुरेन्द्र भुसाल,मोहन मान स्वाँर र  कृष्ण कुमार राईलाई सह इन्चार्ज तोकिएको थियो ।
यसैगरी,कोशी प्रदेशमा सावित्री कुमार काफ्ले,अजम्बर काङबाङ,धर्मशीला चापागाई र सुरेश कुमार राई,मधेश प्रदेशमा विश्वनाथ साह,प्रल्हाद कुमार बुढाथोकी,जोग कुमार बरबरिया यादव र महेन्द्र पासवान,बागमती प्रदेशमा अञ्जना विशंखे,सूर्य सुवेदी,हित बहादुर तामाङ र शालिक राम जम्मकट्टेल,गण्डकी प्रदेशमा हरिराज अधिकारी सह इन्चार्ज रहेका थिए।यस्तै लुम्बिनी प्रदेशमा कुल प्रसाद केसी,कर्णाली प्रदेशमा  टेक बहादुर बस्नेत र महेन्द्र बहादुर शाही, सदुरपश्चिम प्रदेशमा खगराज भट्ट र विना मगरलाई सह इन्चार्ज तोकिएको थियो ।

सम्बन्धित समाचार