मोटरसाईकलको ठककरबाट पैदल यात्री घाईते

425 Shares

सर्लाहीको लालबन्दी नगरपालिका १७ स्थित पुर्व पश्चीम राजमार्गमा मोटरसाईकलले पैदल यात्रीलाई ठककर दिएको छ।लालबन्दी नगरपालिका १७ रानीगन्ज स्थित पुर्व पश्चीम राजमार्गमा बर्दिबासबाट लालबन्दी तर्फ आउदै गरेको ना २३ प २३२८ नम्बरको मोटरसाईकलले स्थानीय पैदल यात्री अन्दाजी वर्र्ष ६० कि बिन्दा कुमारी श्रेष्ठलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार बर्दिबासबाट लालबन्दी तर्फ आउदै गरेको ना २३ प २३२८ नम्बरको मोटरसाईकलले बाटो क्रस गर्ने क्रममा पैदल यात्री लालबन्दी नगरपालिका १७ की श्रेष्ठलाई ठक्कर दिएको हो ।इश्वरपुर नगरपालिका १४ हरकठवाका अन्दाजी वर्ष २३ का संजिव महत्तोले चलाएको ना २३ प २३२८ नम्बरको मोटरसाईकलले पैदल यात्री श्रेष्ठलाई ठक्कर दिँदा दुवै जना सामान्य घाईते भएका ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । ठककर दिने मोटरसाईकल ईलाका प्रहरी कार्यालय लालबन्दीको नियन्त्रणमा रहेको छ ।

सम्बन्धित समाचार