उद्योग वाणिज्य संघ लालबन्दीका पदाधिकारीले नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. २ का अध्यक्ष गणेश प्रसाद लाठसँग भेटवार्ता गर्नु भएको छ । उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष कल्याण कुमार जोशी लगायतको प्रतिनिधि मण्डलले आईतबार महासंघ प्रदेश २ का अध्यक्ष लाठको कार्यकक्षमा पुगेर भेटवार्ता गर्नु भएको हो ।
भेटवार्ताका क्रममा समसामयिक विषयमा छलफल भएको नेपाल उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष जोशीले जानकारी दिनुभयो ।
भेटवार्तामा उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष जोशीले आफ्नो संस्थालाई प्रदेशमा आबद्ध गराउन निवेदन सहित आवश्यक कागजातहरु पनि पेश गर्नु भएको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. २ का अध्यक्ष लाठले बताउनु भयो ।
उद्योग बाणिज्य संघ लालबन्दीलाई दिनप्रतिदिन व्यवस्थित बनाउँदै लगेको उद्योग वाणिज्य संघ लालबन्दीले महासंघमा आवद्ध हुने प्रयास गरेको हो ।