Close This

रामनगरको सडक निर्माण कार्य गुणस्तरहीन भएकोभन्दै स्थानियको विरोध

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-३-९ गते   ११४ पटक हेरिएको

सर्लाहीको रामनगरमा सडक निर्माण कार्यमा ढिलाई भएको भन्दै स्थानियले अवरोध गरेका छन् । रामनगर गाउँपालिका १ मा उपभोक्ता समिति मार्फत निर्माण भइरहेको बजार देखि पूर्व करिब ८० मिटर सडकको ढलान कार्य गुणस्तरहीन हुनुका साथै निर्माण कार्यमा ढिलाई भएको भन्दै स्थानिले विरोध गरेका हुन । 
सर्लाही क्षेत्र नं.४ (क) बाट निर्वाचित बिरेन्द्र प्रसाद सिंहको संसदीय कोषको रु २० लाख रकमबाट सो सडक ढलान कार्य शुरु भएको थियो । बिना रड र स्थानिय निर्माण सामग्रीबाट निर्माण भइरहेको सो सडकको निर्माण कार्य रोक्न स्थानियहरुले दबाब दिएका छन् ।
स्थानिय बासीले स्टिमेट’ भन्दा बाहिर गएर गुणस्तरहीन काम   गरिरहेको पाइएपछि तत्काल निर्माण  कार्यमा रोक   लगाउन सम्बन्धित निकायलाई ध्यानकर्षण गराएको बताएका छन् । स्थानिय बासीले तत्काल काम नरोकिए सो कार्य विरूद्ध माथिलो निकायसम्म पुग्ने चेतावनी समेत दिएका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech