Close This

स्रोत नखुलेको ठुलो रकम सहित एक भारतीय नागरिक शसस्त्र प्रहरीको नियन्त्रणमा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-३-२४ गते   ४०३ पटक हेरिएको

सर्लाहीको त्रिभुवननगरबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको ठुलो रकम सहित एक भारतीय युवकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट (बीओपी) त्रिभुवननगरबाट खटिएको शसस्त्र प्रहरीको गस्ती टोलीले रु ५ लाख १० हजार ८ सय नेपाली पैसा र २ हजार २ सय भारतीय पैसा सहित एक भारतीय युवकलाई पक्राउ गरेको शसस्त्र प्रहरी बल नम्बर १० हे.क्वा गण सर्लाहीका गणपति शसस्त्र प्रहरी उपरिक्षक भरत खनियाँले जानकारी दिनु भयो । उहाँका अनुसार स्रोत नखुलेको रु ५ लाख १० हजार ८ सय नेपाली पैसा र २ हजार २ सय भारतीय पैसा सहित अन्दाजी वर्ष २३ का भारतीय नागरिक  अवधेश कुमारलाई पक्राउ गरिएको हो । 
पक्राउ परेका अवधेशलाई बीआर ३० एक्स ३४६६ नम्वरको मोटरसाइकलमा नेपालतर्फ आउँदै गर्दा ब्रह्मपुरी गाउँपालिका ४ स्थित त्रिभुवननगरबाट पक्राउ गरिएको सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट (बीओपी) त्रिभुवननगरले जनाएको छ ।
सशस्त्र प्रहरी बल नं. १० हे.क्वा गण सर्लाहीका गणपति एवम सशस्त्र प्रहरी उपरीक्षक खनियाँका अनुसार अवधेशको साथबाट नेपाली र भारतीय नगदसहित पोको ब्राण्डको दुई थान नयाँ मोवाइल सेट समेत बरामद गरिएको हो । अवधेश कुमार,बरामद समान, मोटरसाइकल र नगद गरी जम्मा रु ६ लाख ६ हजार ८ सय बराबरको रहेको र आवश्यक कार्बाहीका लागि  जिल्ला भन्सार कार्यालय सर्लाही बुझाएको शसस्त्र प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech