सर्लाहीका सामुदायिक,साझेदारी र नीजि वन समुहहरुलाई दिगाे वन व्यावस्थापन सम्बन्धि गाेष्ठी

68 Shares

सर्लाहीका सामुदायीक तथा साझेदारी वन समुहहरुका पदाधिकारी तथा सदस्यहरु र उपभोक्ताहरुका लागि दिगाे वन व्यावस्थापन तथा सम्बर्धन प्रणाली कार्यान्वयन सुदृढीकरण गाेष्ठी सुरु भएको छ ।IMG-20240506-WA0033.jpg

डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीको आयाेजनामा मंगलबार सम्म सञ्चालन हुने गाेष्ठीकाे लालबन्दी नगरपालिका ६ स्थित रहेकाे हाेटल युनाइटेड प्रा.लि लालबन्दीकाे सभाहलमा साेमबार(आज) बाट सुरु भएको डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीका सहायक वन अधिकृत सजन चाैधरीले जानकारी दिए ।

उनका अनुसार दिगाे रुपमा वनकाे व्यावस्थापन र सम्वर्धन कसरी गर्न सकिन्छ ?दिगाे वन व्यावस्थापन किन आवश्यकता छ ? लगायतका सवालमा गाेष्ठीका प्रशिक्षकहरुले सहभागीहरुलाई जानकारी गराउने छ । विश्वका देशहरुमा मुख्यतया वन मासिँदा वातावरणिय प्रभाव,माैसम सम्बन्धि प्रभाव र प्रदुषण सम्बन्धि समस्याहरु देखा पर्न थालेका डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीका प्रमुख एवम डिभिजन वन अधिकृत मन्जुर अहमद्ले बताए ।

उनका अनुसार वन नीति २०७१,वन पैदावार नीति २०७२,नेपालकाे २०७२ मा भएको वन तथा वातावरण सम्बन्धि अधिकार,संघीय वन ऐन २०७६ तथा संघीय वन नियमावली २०७९का साथै प्रदेश वन ऐन २०७७ र मधेश प्रदेश वन नियमावली(मस्यौदा) २०८० का सवालहरु लगायतका विषयमा गाेष्ठीमा छलफल हुने छ । सामुदायिक,साझेदारी तथा नीजि वनलाई व्यावस्थापन गर्दै वातावरणीय प्रभाव,माैसम सम्बन्धि प्रभाव र प्रदुषणलाई न्युनीकरण गर्न स्थानीय सर्वसाधारण देखि सरकारका उच्च तह सम्मका मानिसहरुकाे ध्यान पर्याउनु पर्ने पर्यावरण संरक्षक रजनीकान्त झाले बताए ।

दुई दिने गाेष्ठीकाे माधव कुमार सरकार,रजनीकान्त झा र डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीका प्रमुख एवम डिभिजन वन अधिकृत अहमद्ले सहजीकरण गर्ने डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीले जनाएको छ ।

सम्बन्धित समाचार