Close This

लालबन्दीका स्वास्थ्य संस्थाहरुको मनोमानीको शिकार बन्दै बिरामीहरु, सरोकारवाला निकाय मौन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१०-२० गते   ९९४ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका ९ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा बिचौलियोको विगविगी बढेको छ ।चारजना एमबिबिएसको दरबन्दी रहेको प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीमा चिकित्सक नै बिचौलियाको रुपमा देखिएका स्थानीयको गुनासो छ ।
प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीमा प्रसुती सेवा लिन आउने सेवाग्राहीहरु सबै भन्दा बढी मारमा परेका पाइएको छ । स्वास्थ्य संस्थामा प्रसुती गराउन आएका सेवाग्राहीहरुलाई अन्यन्त्र लैजानु पर्ने अवस्थामा स्वास्थ्य संस्था कै चिकित्सकहरुले एम्बुलेन्स बोलाउने र सो एम्बुलेन्समा सेवाग्राहीहरु जान नचाहेमा आफुहरुले रेफर लेटर समेत नबनाउने भन्दै धम्क लाउने गरेका सेवाग्राहीहरुको गुनासो छ ।
 लालबन्दी नगरपालिकाले नजिकैको रहेका सरकारी स्वास्थ्य संस्थामा प्राथमिक केन्द्रबाट प्रसुती गराउन सेवाग्राही रेफर गर्नु पर्दा नगर भित्र सञ्चालित कुनै पनि एम्बुलेन्सले सेवाग्राहीहरुबाट रकम लिन नपाउने र नेपाल रेडक्रस सोसाईटीले तोकेको भाडा उपलब्ध गराउने सम्झौता भएको लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखा संयोजक मुमताज मिकरानीले जानकारी दिए । उनले यहाँ नहुने अवस्थामा आफुहरुले रेफर बनाउँदा 
नजिकै रहेको प्रादेशिक अस्पताल जनकपुर र प्रादेशिक अस्पताल मलंगवामा लैजान भन्ने तर प्रसुती गराउने सेवाग्राहीहरुले कहाँ लैजान्छन् त्यो थाहा नहुने बताए ।उनका अनुसार लालबन्दीका कुनैपनि एम्बुलेन्सले तोकेको स्थान सम्म पुर्याउँदा नेपाल रेडक्रस सोसाईटीले तोकेको भाडादर अनुसार नगरपालिकाले भुक्तानी गर्ने बताए ।
भाडा दररेट निर्धारण नगरिएको र एम्बुलेन्सको भाडादर रेट निर्धारण गर्ने काम जिल्ला प्रशासन कार्यालयको रहेको स्वासथय शाखा संयोजक मिकरानीले बताए ।उनले घुमाउँरो भाषामा लालबन्दीबाट अन्यन्त्र लैजानु पर्ने बिरामीहरुलाई नीजि अस्पतालमा लगिए वापत वा लालबन्दी कै नीजि अस्पतालमा लगिएवापत कमिसन आउने हाँसेर स्वीकार गरे । उनले नगर भित्रका नीजि अस्पतालकोहरुको विषयमा आफुलेकेही नबोल्ने भन्दै प्राथमिक स्वास्थ्य केन्द्रको विषयमा बुझेर भन्ने कमलामाई मिडिया प्रा.लिलाई बताए ।
यता, प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दी सहित स्वास्थ्य चौकी परवानीपुर र पत्थरकोट गरी तीनवटा स्वास्थ्य संस्थामा प्रसुती हुन आउने सेवाग्राहीहरुलाई अन्यन्त्र लैजानु परेमा सरकारी अस्पतालमा रेफर गरेमा ती बिरामीहरुलाई लिएर जाने कुनैपनि एम्बुलेन्सको भाडा नेपाल रेडक्रस सोसाईटीको भाडा दररेट अनुसार नगरपालिकाले भुक्तानी गर्ने नगर स्वास्थ्य शाखाका सह संयोजक सुरेन्द्र खतिवडाले बताए ।
त्यसैगरी सर्लाहीबाट सञ्चालीत एम्बुलेन्सहरु जिल्लाका कुनैपनि स्थानीय तहहरुमा दर्ता भएका छैनन् । भने जिल्लाबाट सञ्चालीत एम्बुलेन्सहरुको भाडा मनलाग्दी हुँदा आफुहरु मारमा परेको बिरामीहरुको गुनासो छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech