दुर्गाकुमारी अधिकारी
नेपाली कांग्रेस मधेस प्रदेश संसदिय दलको उपनेतामा निवर्तमान मन्त्री बिरेन्द्र प्रसाद सिंह चयन भएका छ्न। नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्ण प्रसाद यादवको प्रस्तावमा मधेश प्रदेश सरकारका निवर्तमान महिला,बालबालिका,युवा तथा खेलकुद मन्त्री सिंह संसदिय दलको उपनेतामा चयन भएका निवर्तमान मन्त्री सिंहका स्वकीय सचिव निकेश त्रिपाठीले जानकारी दिए ।
उनका अनुसार मधेश प्रदेशमा संगठन विस्तारको क्रममा विशेष भुमिका खेलेको भन्दै पार्टीका नेताहरुले पनि निवर्तमान मन्त्री सिंहलाई रुचाएका हुन । नेपाली कांग्रेस प्रदेश सभा संसदीय दलको बिधान २०७४ को धारा ६ को उपधारा (६) बमोजिम संसदीय समितिलाई थप सुदृढ एवम गतिशील बनाउन मधेस प्रदेश उपसभापती समेत रहेका सिंहलाई संसदीय समितिको उपनेतामा चयन गरिएको नेपाली कांग्रेस मधेश प्रदेश समितिले जनाएको छ ।
सर्लाही क्षेत्र नम्बर ४(क)बाट निर्वाचित प्रदेश सभा सदस्य समेत रहेका निवर्तमान मन्त्री सिंह २०७४ सालको प्रदेश तथा प्रतिनिधि सभा र २०७९ सालको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा उत्याधिक जनमत पाएर निर्वाचित भएका छन् । सालीन र भद्र स्वाभावका निवर्तमान मन्त्री सिंह नेपाली कांग्रेसका अलावा अन्य पार्टीका नेता तथा कार्यकर्ताहरु र जनताहरुसंग पनि सुमधुर सम्बन्ध राख्न सक्ने नेता हुन ।