Close This

सर्लाहीमा खाजा घरमा समेत यौन धन्दाको मोलमोलाई

पत्र पत्रिका    प्रकाशित: २०७७-१०-७ गते   ३८२ पटक हेरिएको

बढ्दो शहरीकरणसंगै सर्लाहीमा यौन ब्यावसाय समेत बढ्दो अवस्थामा छ। यौन ब्यावसायको स्वरुप पछिल्लो समय बदलिदै जान थालेको छ। पहिला स्थानीय होटल तथा लजमा हुने यो ब्यावसाय पछिल्लो समय जंगल र यौन ब्यावसायी महिलाको डेरामै हुने गरेको पाइएको छ।
पहिला पहिला होटेल हुने यौन व्यापार यतिबेला सर्लाहीका मुख्य बजारहरुका खाजा घरहरु मै हुने र कतिपय खाजा घरहरुमा मोलमोलाई गरि डेरा वा जंगलमा क्षेत्रमा हुने गरेको जानकारहरुले बताएका छन् । जिल्लाको बयलवास, लालबन्दी, नवलपुर, हरविन, नयाँ रोड लगायतका बजारहरुका अधिकांश खाजा घरहरुमा पछिल्लो समय यौन ब्यावसायी महिलाहरुको मोलमोलाइ हुनथालेका छन्। 
देशका बिभिन्न स्थानबाट आएर लालबन्दी र हरिवनमा डेरा लिएर यौन व्यापार गर्ने मानिसहरुका कारण सिंगो सर्लाहीको नाम बद्नाम हुन थालेको स्थानियको भनाइ छ। जिल्लाको बयलवास, रानिगन्जमा, लाललबन्दी, नवलपुर, हरिवन र नयाँरोडका खाजा घरदेखि होटल एण्ड लजहरुमा यौन धन्दा चल्ने गरेको स्थानिय प्रहरीलाई राम्ररी थाहा छ। प्रहरीले बेला बेलामा छापा समेत मारिरहेको हुन्छ तर प्रहरी होटलमा पसेपछि भित्रै कमिसनको कुरा मिल्ने र गैर कानुनी क्रियाकलाप गर्नेहरुले उन्मुक्ती पाउने गरेका होटल सञ्चालकहरु नै बताउन छन्। केही दिन पहिला लालबन्दीको बिच बजारमा रहेको एक होटलमा गैर कानुनी क्रियाकलाप भएको आशंकामा प्रहरीले छापा मार्यो। गैर कानुनी क्रियाकलाप भएको फेला पार्यो तर कमिसनको कुरा मिलेपछि उक्त गैर कानुनी क्रियाकलापमा संग्लग्नलाई कार्बाही गर्नुको साटो प्रहरी रित्तो हात फर्कियो। 
त्यसैगरी लालबन्दीको एक होटलमा हरेक दिन ठुलो रकममा जुवाखेल हुने सो क्षेत्रका स्थानियवासीले बताएका छन्। जुन कुरा प्रहरीलाई रामरी थाहा छ। प्रहरीले रातको समयमा सुरक्षा दिएरै भएपनि त्यस्ता गैर कानुनी क्रियाकलापहरु गराउने गरेको पाइएको छ भने प्रहरीको नजरै अगाडी यसरी गैर कानुनी क्रियाकलाप हुनु र कानुनी कार्बाही नहुँदा प्रहरीकै कारण दिनप्रतिदिन समाजमा विकृति विसंगती बढ्दो अवस्थामा रहेको आशंका गर्न सकिने स्थानिले बताएका छन्। 
स्रोतका अनुसार बढ्दो सहरी करण र जनघनत्वका कारण देशका बिभिन्न स्थानबाट यौन ब्यावसाय गर्नका लागि युवतीहरु लालबन्दी,हरिवन आउने गरेका छन्। यस्तै यौनकर्मीको पहिलो रोजाई लालबन्दी र हरिवन सहर नै भएपछि केही यौन ब्यावसायीले भने रोडमै ग्राहक खोज्दै घुम्ने गरेको पाईन्छ। रोडमा ग्राहक खोज्ने ब्यावसायीले ग्राहक संग डिल गरेर अटो तथा इ–रिक्सा चढेर होटल तथा जंगलमा गएर मंगल गर्ने गरेको पाइन्छ।
लालबन्दी र हरिवन बजारमा भने दर्जनको हाराहारीमा सर्लाही तथा रौतहट जिल्लाका यौनकर्मीहरुले ग्राहक खोजेर कोठामै लगेर धन्दा समेत चलाउने गरेको जानकारहरुको भनाइ रहेको छ । यस्तै सिन्धुली, रामेछाप, महोत्तरी, रौतहट र बारा लगायतका स्थानका  यौनकर्मीहरु सर्लाही आउने र गैरकानुनी रुपमा यौन क्रियाकलाप गर्ने गरेको पाइएको छ।
बढ्दो सहरी करणसंगै जिल्लाभर खुलेका खाजा घरहरु तथा होटलहरुमा पछिल्लो समय यौन ब्यावसाय हुने गरेको पाईन्छ। यस्ता यौन गतिबिधि प्रहरीले आफ्नो पहिलो प्राथमितामा राखेर रोक्नु पर्ने स्थानियको भनाई छ ।
यस्तै जिल्लका मुख्य बजारहरुका खाजा घरहरु तथा होटलहरुमा भइरहेको  यौन धन्दा तुरुन्त रोक्नु पर्नेमा स्थानियले जोड दिएका छन्। उनिहरुका कारण आफ्ना सन्ततीको पनि मति विग्रने भन्दै उनिहरुले त्यस्तो क्रियाकलाप रोक्नु पर्नेमा जोड दिएका हुन्। 
यता, खाजा घरहरुमा तथा होटलहरुमा यौन धन्दा,जुवातास खोलाउने गरे वापत प्रहरीलाई प्रति महिना रु २० देखि ३० हजार प्रति होटलले दिने गरेको प्रहरी अधिकारीहरुले नै बताएका छन्। होटलमा ढुक्कले गैर कानुनी क्रियाकलाप गर्न दिने आन्तरीक सहमतीमा प्रहरी प्रमुखहरुले तल्लो दर्जाका प्रहरीहरु तथा खाना बनाउने मानिसको प्रयोग गरेर त्यस्ता क्रियाकलापबाट असुली धन्दा चलाई रहेका छन्। त्यस्ता अधिकांश होटलहरु तथा खाजा घरहरु स्थानिय निकाय,उद्योग बाणिज्य,घरेलु तथा राजश्व कार्यालयमा समेत दर्ता नभएको पाइएको छ।
यसरी खाजा खुवाउन खोलीएका खाजा घरहरुमा समेत  खुलेआम रुपमा गैरकानुनी क्रियाकलाप हुने गरेको छ। त्यसप्रति प्रहरीको ध्यान नपुगेको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले  हरेक मानिसहरुले आफ्नो काम इमान्दारी तरिकाबाट गर्ने हो भने सबै समस्या समाधान हुने बताउनु भयो । ‘प्रहरी शान्ती सुरक्षा दिने विषयमा कटिवद्ध छ सरोकारवाला निकायले अनुगमन गरोस हामीले गर्ने कार्बाही हामी गर्छौ’ –उहाँले बताउनु भयो । इच्छाकामना न्युजबाट

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech