उम्मेदवारहरुको घरदैलो तथा चुनावी प्रचार प्रसार तिब्रगतीमा

2.7k Shares

नेपाली कांग्रेसमा नेकपा(माओवादी केन्द्र) छाडेर करिब सयौँ जना नेता तथा कार्यकर्ताहरु प्रवेश गरेका छन् । नेपाली कांग्रेस लालबन्दीका उम्मेदवारहरुको घरदैलो कार्यक्रममा लालबन्दी नगरपालिका २ बाट माओवादी केन्द्र छोडी रविन्द्र पासवान र श्रीप्रसाद पासवान नेतृत्वमा  सहित करिब सयौँ जना कांग्रेसमा प्रवेश गरेका नेपाली कांग्रेसका युवा नेता ठाकुर प्रसाद बख्रेल(मनोज)ले जानकारी दिनु भयो । 
नेपाली कांग्रेसले वडा हुँदै नगरमा जितको सुनिश्चितता खोजेकाले आफुहरु कांग्रेसमा प्रवेश गरेको नव प्रवेशीहरुले बताएका छन् । घरदैलो कार्यक्रममा पुर्व राज्यमन्त्री शम्भुलाल श्रेष्ठ,स्थानीय नेताहरु , जिल्लाका नेताहरु र नेपाली कांग्रेसको तर्फबाट लालबन्दी नगर प्रमुख पदका उम्मेदवार बासुदेव अधिकारी,नगर उपप्रमुख पदकी उम्मेदवार कल्पना पाखीनले टीका लगाइ काग्रेस प्रवेश गराउनु भएको हो ।
स्थानिय निकायको निर्वाचन नजिकिएसंगै विभिन्न पदका लागि उम्मेदवारी दिएका उम्मेदवारहरु घरदैलो तथा चुनावी प्रचार प्रसारमा व्यस्त रहेका छन् ।

सम्बन्धित समाचार