Close This

जातीय विभेद हटाउन मुसहर बस्तीमा दलितसँग गैरदलितको संयुक्त भोज

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-३-२२ गते   ८७ पटक हेरिएको

सर्लाहीको हरिपुर नगरपालिका–७, चिताईन मुसहर बस्तीमा छुवाछुतलाई निरुत्साहित गर्ने उद्देश्यले संयुक्त भोज गरिएको छ । दलित र गैरदलितले सँगै बसेर भोज खाएका हुन् । समाजमा पुस्तौदेखि कायम रहेको जातीय विभेदलाई चूनौति दिँदै सहभोजको आयोजना गरिएको जी.पी. कोइराला फाउण्डेसन सर्लाहीका सभापति सुशील शर्माले बताउनु भयो ।
फाउण्डेसनले गिरिजा प्रसाद कोइरालाको ९८ औँ जन्म जयन्तिको अवसर पारेर सोमबार तराईको अत्यन्तै पिछडिएको मुसहर बस्तीमा सहभोजको आयोजना गरेको हो । सहभोजमा गैरदलितसँग बसेर भोज खाना पाउँदा स्थानीय मुसहर समुदाय दङ्ग परेका छन् ।
सहभोजमा सो बस्तीका ३२ मुसहर परिवार सहभागी भएका थिए । उनीहरुसँगै जी.पी. कोइराला फाउण्डेसनका जिल्ला सभापति शर्मा, नागरिक समाजका अगुवाहरु रजनिकान्त झा, शिवचन्द्र चौधरी, सुन्दर श्याम यादव, दलित अधिकारकर्मी राजेश पासवान लगायतले भोज खाएका हुन् ।
कार्यक्रमका वक्ताहरुले संविधानले समेत दण्डित गरेको जातीय विभेद अझै पनि समाजमा विकराल रुपमा रहेको भन्दै चिन्ता व्यक्त गरेका नेपाल विद्यार्थी संघ सर्लाहीका नेता युवराज देवकोटाले जानकारी दिनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech