शुक्रबार राती सर्लाही भित्रिएको सलह किरा शनिबार आधाको संख्यामा सिन्धुली गएको पाइएको छ । लालबन्दी नगरपालिका २ को तेलबाली अनुसन्धान केन्द्रको फर्ममा हजारौँको संख्यामा सलह किरा भित्रिएको थियो ।

“शनिबार दिउँसो आधाको संख्यामा सलह किरा सर्लाहीबाट सिन्धुलीतर्फ प्रस्थान गरेको तेलबाली अनुसन्धान केन्द्र सर्लाहीका संयोजक डा. विशेश्वर प्रसाद यादवले जानकारी दिनु भयो । सलह किरा हजारौंको संख्यामा जिल्ला प्रवेश गरेको थियो त्यसमा आधाको संख्यामा सलह किरा सिन्धुली गएको र बाँकी आधाको संख्यामा तलेबालीको फार्म मै रहेकोे” डा. यादवले बताउनु भयो ।
जिल्लाको लालबन्दी नगरपालिका २ स्थित तेलबाली अनुसन्धान कार्यक्रममा लगाईएको विभिन्न बालीहरुमा सलह किराको प्रवेश देखिएको हो ।‘शनिबार बदाम,घैँचा, धानको बेर्ना लगाएतमा सलह किराले झ्याप्पै छोपेको देखिएको थियो तर आज(आईतबार) फिल्ड भिजिट गर्दा त्यो संख्या अली कम देखियो’, तेलबाली अनुसन्धान कार्यक्रमका संयोजक वरिष्ठ बैज्ञानिक डा. यादवले बताउनु भयो ।
“शुक्रबार राती छिमेकी देश भारतबाट हजारौँको संख्यामा फट्याङ्गरा जस्तो देखिने जातको सलह नामक किरा नेपाल प्रवेश गरेको बुझिएको”कृर्षि ज्ञान केन्द मलंगवाका निमिक्त प्रमुख देवानन्द राय यादवले बताउनु भयो । जिल्लामा सलह किरा देखिएको चर्चासँगै जिल्लाका किसानहरु चिन्तित बनेका छन् ।

“छिमेकी देश भारतको युपिबाट ३ दिनमा नेपाल छिरेको फट्याङ्ग्रा वर्गको सलह किराको बारेमा आफुले भारत तथा पाकिस्तानका विज्ञहरुसंग बुझेको र उनिहरुले हजारौँको संख्यामा हिड्ने,मानिसको आवाज सुन्दा भाग्ने तथा लुक्ने, प्रजन्न प्रक्रिया ३ देखि ४ हप्ताको हुने,एक पटकमा ५ देखि १० हजार अण्डा पार्ने,मौसमअनुसार स्थान परिवर्तन गर्ने,अण्डा माटोमा ३ देखि ५ सेन्टीमिटर मुनि पार्ने,ग्रुपको नाइके जता गयो सबै त्यतै जाने, हरियो वनस्पतीको क्लोरफिल मन पराउने, पोथी भन्दा भाले चाडो मर्ने,बिहान बेलुका तथा रातीको समयमा क्षेती गर्ने र दिउँसोको समयमा हिड्डुल गर्ने बताएका” डा.यादवले बताउनु भयो ।
भाले भन्दा पोथी कीरामा पर्ने सलह अफ्रिकी मुलुकबाट अरेबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतहुदै नेपाल आएको ट्याकिङ्ग हिस्टी«बाट देखिएको उहाँले बताउनु भयो । वैज्ञानिक नाम क्अजष्कतयअभचअब न्चभनबचष्ब रहेको सलह किराले कृषि बालीमा अमेरिकी फौजी कीराले भन्दा अनेकौ गुना बढी क्षति पु¥याउने जानकारहरुले बताएका छन । विज्ञहरुका अनुसार करोडौंको संख्यामा रहने सलहले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठ समेत खाएर नष्ट पारिदिन्छ । जेठ देखि असोजसम्म बढी प्रकोप हुने सलह किरा एकै दिनमा १ सय ५० किलोमिटर भन्दा टाढासम्म पुगेर बालीनालीमा क्षति पु¥याउने विज्ञहरु बताएका छन ।
आफुहरुले प्राविधिक टोली सहित अनुसन्धान सुरु गरि सकेको र २÷३ दिनमै विस्तृत विवरण आउने केन्द्रले जनाएको छ । साथै सलह आएको २४ घण्टामा सामान्य मात्र क्षेती गरेको र सानो संख्यामा सलह आएको हुँदा नियन्त्रण गर्न सकिने अवस्था रहेको तेलबाली अनुसन्धान केन्द्रले जनाएको छ ।