Close This

लालबन्दी तरकारी बजारद्धारा आ.व.ं०७७।०७८ मा सवा दुई अर्वको तरकारी निकासी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-४-२८ गते   ३२८८ पटक हेरिएको

सर्लाहीको लालबन्दीमा रहेको कृषि थोक बजार व्यावस्थापन समितिले आर्थिक वर्ष २०७७।०७८ मा रु २ अर्व २४ करोड ३४ लाख ३३ हजार १ सय २३ बराबरको तरकारी निकासी गरेका छ । लालबन्दी नगरपालिका ७ मा रहेको कृषि थोक बजार व्यावस्थापन समितिले वि.सं. २०७७ साउन १ देखि वि.सं. २०७८ को असारमसान्त सम्ममा ३ करोड ९० लाख ७६ हजार ९ सय ६१ किलो तरकारी निकासी गर्दा रु २ अर्व २४ करोड ३४ लाख ३३ हजार १ सय २३ बराबरको रकम संकलन  गरेको हो ।
समितिले आर्थिक वर्ष २०७७।०७८ को साउनमा ३८ लाख ६२ हजार ८ सय केजी तरकारी निकासी गरि रु १३ करोड १२ लाख १० हजार ५ सय,भदौमा १४ लाख ३३ हजार ३ सय ५० किलो तरकारीबाट रु ८ करोड ७८ लाख २ हजार २ सय ५०,असोजमा १५ लाख ९ हजार २ सय ५५ किलो तरकारी निकासी गरि ८ करोड ३५ लाख ३८ हजार २ सय ५५,कार्तिकमा १४ लाख ४५ हजार ४ सय किलो तरकारीबाट रु ८ करोड ८८ लाख १४ हजार २ सय ५०, मंसिरमा २६ लाख ४२ हजार ५ सयको तरकारीबाट रु १२ करोड ८ लाख ६३ हजार ८ सय,पुषमा ४८ लाख ५ हजार ६ सय किलो तरकारीबाट रु १२ करोड २ लाख २५ हजार ५० रकमसंकलन गरेको कृषि थोक बजार व्यावस्थापन समितिका अध्यक्ष रामदरेश चौधरीले जानकारी दिनु भयो ।
समितिले माघ महिनामा ८४ लाख ३५ हजार २ सय किलो तरकारीबाट रु २१ करोड ९५ लाख ४४ हजार ७ सय,फागुनमा ४० लाख ८६ हजार ९ सय १० किलो तरकारी निकासी गर्दा रु १ अर्व ६१ लाख ८४ हजार १ सय ५०,  चैत्र महिनामा ३२ लाख ७ हजार १ सय किलो तरकारी निकासी गर्दा रु १० करोड ५२ लाख ४० हजार ९ सय,वैशाखमा २३ लाख ६२ हजार ८ सय ९९ किलो तरकारीबाट रु १० करोड ५२ लाख ७२ हजार ८५ त्यसैगरी जेठ महिनामा २३ लाख २९ हजार ७ सय ४७ किलो तरकारी निकासी गर्दा  रु ९ करोड १६ लाख १६ हजार ७ सय ६३ बराबरको तरकारी निकासी गरेको छ । 
साथै आर्थिक वर्ष २०७७।०७८ को अन्तीम महिना असारमा २९ लाख ५६ हजार २ सय किलो तरकारी निकासी गर्दा रु ९ करोड १ लाख ४० हजार ४ सय ५० बराबरको तरकारी निकासी गरिएको बजार व्यावस्थापन समितिले जनाएको छ ।
 आर्थिक वर्ष २०७७।०७८ मा ३ करोड ९० लाख ७६ हजार ९ सय ६१ किलो तरकारी निकासी गर्दा रु २ अर्व २४ करोड ३४ लाख ३३ हजार १ सय २३ बराबरको रकम संकलन  गरेको व्यावस्थापक शम्भु घिमिरेले जानकारी दिनु भयो । 
 जिल्लाको लालबन्दी,हरिवन,हरिपुर र इश्वरपुर नगरपालिका क्षेत्रमा किसानहरुले उत्पादन गरेका टमाटर,पर्वल,बोडि,सिमी,भाण्टा,करेला लगायतका तरकारीहरु लालबन्दीको तरकारी बजारमा आउने गरेको  बजार व्यावस्थापन समिति लालबन्दीकी प्राविधिक मिरा अधिकारीले जानकारी दिनु भयो । 
देशकासिन्धुली,रामेछाप,काठमाण्डौँ,पोखरा,बुटवल,भैरहवा,नारायणघाट,नेपालगञ्ज,हेटौँडा,विरगञ्ज,गौर,जनकपुर,सिराहा, विराटनगर,इटहरीका साथै छिमेकी देश भारतको सोनवर्षा तथा सितामाडी लगायतका स्थानका बजारहरुमा लालबन्दीबाट नै तरकारी निकासी हुने गरेको छ । त्यस मध्य टमाटर ५० प्रतिशत,पर्वल २५ प्रतिशत,बोडि १० प्रतिशत,,सिमी १० प्रतिशत र अन्य तरकारीहरु ५ प्रतिशत  गरी कुल ३ करोड ९० लाख ७६ हजार ९ सय ६१ किलो तरकारी लालबन्दीबाट निकासी भएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech