Close This

लालबन्दी २ का ५० घर परिवारलाई खाद्य तथा स्वास्थ्य सामाग्री सहयोग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-२-१७ गते   ४१४ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका २ अति विपन्न नागरीकलाई स्थानिय युवाहरुले खाद्यान्न तथा स्वास्थ्य सामाग्री सहयोग गरेका छन् ।
 विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमणलाई नियन्त्रण गर्न भन्दै सरकारले जारी गरेको लक डाउनका कारण रोजगारी गुमाएका र बिहान खाए बेलुका के खाउँ भन्ने अवस्थाका अति विपन्न ५० घरधुरीलाई खाद्यान्न र स्वास्थ्य सामाग्री वितरण गरिएको स्थानिय युवा समाजसेवी इरफान अन्सारीले जानकारी दिनु भयो ।


उहाँका अनुसार आफ्नो गाउँ आफैँ बनाउँ भन्नेमुल नारा सहित लालबन्दी नगरपालिका २ का युवाहरु समाजसेवामा लागेका छन् । उनिहरुले चामल,दाल,नुन,लुगा धुनेसाबुन,नुहाउने साबुन,स्याविन,मास्क,स्यानिटाईजर र खाने तेल लगायतका खाद्य तथा स्वास्थ्य  सामाग्री वडा नम्बर २ का ५० घरधुरीलाई वितरण गरेका हुन ।
लामो समयदेखि जारी रहेको निषेआज्ञाका कारण बिहान बेलुका हात मुख जोर्न समस्या परेका अति विपन्न नागरीकहरुलाई आफुहरुले सानो भएपनि सहयोग गरेको युवाहरुको भनाई छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech