डिभिजन वन कार्यालय सर्लाहीले ठुलाे मात्रामा अवैध सालकाे काठ बरामद् गरेकाे छ ।
डिभिजन वन कार्यालय सर्लाहीको गस्ती टाेलीले ईश्वरपुर नगरपालिका १५ स्थित रहेकाे सिद्धि विनायक काष्ठ सप्लायर्सबाट ठुलाे मात्रामा अवैध सालकाे काठ बरामद् गरेकाे डिभिजन वन कार्यालय सर्लाहीका सुचना अधिकारी राकेश रन्जन दासले जानकारी दिए ।
उनका अनुसार डिभिजन वन कार्यालय सर्लाहीको गस्ती टाेलीले छापामारी गर्दा सालकाे अवैध काठ ५१ वटा चिरानकाे ४८ दशमलव ४७ क्युविफिट बरामद गरेकाे हाे ।
बरामद् गरिएको काठ डिभिजन वन कार्यालय सर्लाहीमा राखि आवश्यक अनुसन्धान अगाडी बढाइएकाे डिभिजन वन कार्यालय सर्लाहीका डिभिजन प्रमुख मन्जुर अहमद्ले बताए ।