स्वास्थ्य क्षेत्रमा लालबन्दी नगरपालिका सर्लाही मै प्रथम

892 Shares

सर्लाहीको लालबन्दी नगरपालिका आर्थिक वर्ष २०८१/०८२ को जिल्ला भरीमा स्वास्थ्य क्षेत्रमा प्रथम भएको छ।सर्लाहीका २० वटा पालिकाहरुको स्वास्थ्य सम्बन्धी जिल्लास्तरिय वार्षिक समिक्षा गोष्ठिमा लालबन्दी नगरपालिकाले सर्लाही मै सबै भन्दा धेरै ९९ अंक प्राप्त गर्दै स्वास्थ्य क्षेत्रमा प्रथम भएको लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक मुमताज मिकरानीले जानकारी दिए ।उनका अनुसार लालबन्दी नगरपालिका मातहतका स्वास्थ्य संस्थाहरुमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी,कर्मचारी,सामुदायीक स्वास्थ्य स्वंय सेविका,स्वास्थ्य आमा समुहहरुको अथक प्रयासबाट लालबन्दी नगरपालिका स्वास्थ्य क्षेत्रमा जिल्ला मै प्रथम हुन सफल भएको हो ।

nn.jpgसर्लाहीका ११ वटा नगरपालिका र नौ वटा गाउँपालिका गरी २० वटा पालिका मध्य लालबन्दी नगरपालिका ९९ अंक सहित प्रथम,विष्णु गाउँपालिका ९६ दशमलव ७० अंक सहित द्धितिय र हरिपुर नगरपालिका ९६ दशमलव २० अंक सहित तृतिय भएका स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ ।हरिवन नगरपालिका चौथो र क्रमैसंग बसबरिया,चक्रघट्टा र पर्सा गाउँपालिका,इश्वरपुर नगरपालिका,धनकौल गाउँपालिका,बागमती नगरपालिका,चन्द्रनगर गाउँपालिका,बरहथवा नगरपालिका,ब्रम्हपुरी गाउँपालिका, मलंगवा नगरपालिका,गोडैता र बलरा नगरपालिका,कौडेना गाउँपालिका,हरिपुर्वा र कविलासी नगरपालिकाका साथै रामनगर गाउँपालिका अंकगत तालिकामा रहेका कार्यालयले जनाएको छ ।
लालबन्दी नगरपालिका ९ स्थित रहेको लालबन्दी नगर अस्पतालले विशेषज्ञ सहितको सेवा प्रवाह गर्न थालेपछि सर्लाही सहित छिमेकी पालिकाहरुका साथै छिमेकी जिल्लाहरुबाट सेवा लिन सेवाग्राहीहरु अत्याधिक आउने गरेका छन्।चिकित्कसकहरुको अथक मेहनत एवम जनप्रतिनिधिहरु र कर्मचारीहरुको समन्वयात्मक सहयोगका कारण सर्लाही जिल्ला मै स्वास्थ्य क्षेत्रमा लालबन्दी प्रथम हुन सफल भएको लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

सम्बन्धित समाचार