क्रिकेट सर्मथक माथि आक्रमण भएको नवलपुर मलंगवा सडकखण्डमा विरोधमा प्रदर्शन

373 Shares

सर्लाहीको नवलपुर–मलंगवा सडक अन्तर्गत कविलासी नगरपालिका १० सलेमपुर चोकमा युवा र स्थानीयले टायर बालेर प्रदर्शन गरेका छन्।नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि बिजेता जनकपुर बोल्ट्सका समर्थकमाथि खेल मैदानमै भएको भौतिक आक्रमणको विरोधमा सोमबार नवलपुर–मलंगवा सडक अन्तर्गत कविलासी नगरपालिका १० सलेमपुर चोकमा युवा र स्थानीयले टायर बालेर प्रदर्शन गरेका हुन ।
फाइनल खेल सकिएपछि जनकपुरका समर्थकमाथि भएको आक्रमणको घटना र अघिल्ला दिनहरुमा असभ्य शब्द प्रयोग गर्ने कार्यमा संलग्न व्यक्तिलाई कारवाहीको माग गर्दै जनता समाजवादी पार्टी(जसपा)निकट समाजवादी युवा संघ सर्लाहीले प्रदर्शन गरेको हो।सडकमा टायर बालेर प्रदर्शन गरेपछि लामोतथा छोटोदुरीका मालबाहक तथा यात्रु बाहक सवारी साधनहरु अवरुद्ध भएका थिए भने साना सवारी वैकल्पिक मार्ग भएर सञ्चालन भएका जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले जनाएको छ ।

सम्बन्धित समाचार