लालबन्दीका खाजा घरमा देह व्यापारको मोलमोलाई,प्रहरी प्रशासन बेखबर की मौन ?

166 Shares

सर्लाहीको लालबन्दी नगरपालिका क्षेत्रमा सञ्चालित केही खाजा घर तथा रेस्टुरेन्टमा देह व्यापारका लागि मोलमोलाई हुने गरेको तथ्य फेला परेको छ।लालबन्दी नगरपालिका क्षेत्रमा सञ्चालित खाजाहरुमा देह व्यापारको मोलमोलाई हुने गरेको विशेष सूचनाका आधारमा कमलामाई मिडिया प्रा.लिले गरेको सर्च अप्रेसनमा एक रातको रु सात हजार रकम लिएर देह व्यापार हुने गरेको पाइएको हो।लालबन्दी नगरपालिका–७ स्थित रहेको थारु परिवार होटलमा एक रातको रु सात हजारमा देह व्यापारको मोलमोलाई भएको भिडियो कैद भएको छ भने लालबन्दी नगरपालिका–६ स्थित रहेको विनम होटल एण्ड गेष्ट हाउस र प्यारो नेपाल सेकुवा कर्नरमा पनि देह व्यापार हुने गरेको पाइएको छ ।
सशस्त्र प्रहरीमा कार्यरत राकेश चौधरीले सञ्चालन गरेको लालबन्दी नगरपालिका–७ स्थित रहेको थारु परिवार होटलमा देह व्यापारको मोलमोलाई हुने र मोलमोलाई मिलेपछि ग्राहकलाई अन्यन्त्र पठाइ धन्दा चलाउने गरिएको भिडियोमा स्पष्ट छ ।चौधरीले आफु सशस्त्र प्रहरी कर्मचारी रहेको भन्दै धम्कीपुर्ण अभिव्यक्ति समेत दिएपछि उनी यतिकै नसुध्रिने अवस्था देखेपछि हामीले समाचारजन्य सामाग्री तयार पारेका छौँ।चौधरीको अभिव्यत्तिबाट पनि उक्त होटलमा ग्राहकहरुलाई बोलाएर मोलमोलाई मिलेपछि नजिकै रहेका अन्य होटलहरुमा पठाउने तथा सोही खाजा घरको भित्र रहेको एउटा बेडमा समेत उक्त धन्दा सञ्चालन गराउने गरेको प्रष्ट हुन्छ ।स्थानीय बासिन्दाले यस्ता गतिविधिका कारण बजार क्षेत्रको सामाजिक वातावरणमा नकारात्मक असर परेको भन्दै ईलाका प्रहरी कार्यालय लालबन्दीमा पटक पटक गुनासो गरेपनि त्यहाँबाट समेत कुनै सुनुवाई नभएको गुनासो गरेका छन् ।

WhatsApp Image 2026-08-05 at 9.39.34 AM (1).jpeg
 थारु परिवार होटल सहित विनम होटल र प्यारो नेपाल सेकुवा कर्नर प्रतिनिधिमूलक उद्धाहरण मात्रै हुन तर लालबन्दीमा सञ्चालित धेरै होटल तथा खाजा घरहरुमा देह व्यापार हुने गरेको छ।नाम सार्वजनिक गर्न नचाहने एक स्थानीयका अनुसार केही स्थानमा ग्राहक र सञ्चालकबीच रकमको विषयमा कुराकानी हुने गरेको छ।उनका अनुसार बाहिरबाट हेर्दा सामान्य खाजा घर जस्तो देखिए पनि भित्र भने शंकास्पद गतिविधि हुने गरेको आरोप छ ।
स्थानीयले यस्ता गतिविधिको वास्तविकता पत्ता लगाउन प्रहरी तथा सम्बन्धित निकायले नियमित अनुगमन र अनुसन्धान गर्नुपर्ने माग गरेका छन्।उनीहरूले खाजा घर तथा रेस्टुरेन्ट सञ्चालनका लागि लिइएको अनुमति,व्यवसायको प्रकृति तथा त्यहाँ हुने गतिविधि बारे सम्बन्धित निकायले निगरानी बढाउनुपर्ने उनीहरुको माग छ ।यता,स्थानीय प्रशासन तथा प्रहरीले समय–समयमा होटल,रेस्टुरेन्ट र खाजा घरको अनुगमन गरेको र गैर कानूनी धन्दा सञ्चालन गरेको पाइए आवश्यक कानूनी कार्बाही गर्ने प्रतिवद्धता जनाएको छ ।
लालबन्दीमा बढ्दो बजार विस्तारसँगै होटल तथा खाजा घरको संख्या पनि बढिरहेको भएपनि गैर कानूनी भन्दा गर्ने होटल तथता खाजा घरहरुका कारण लालबन्दीमा इमान्दार होटल व्यवसायीहरु पनि मारमा परेका छन्।होटल तथा खाजा घरहरुको विस्तारसँगै सामाजिक विकृति रोक्न व्यवसायी,स्थानीय तह,प्रहरी प्रशासन र नागरिक समाजबीच समन्वय आवश्यक रहेको स्थानीय जानकारहरु बताउँछन् । 

सम्बन्धित समाचार