सर्लाहीको बरहथवा नगरपालिका ६ की अन्दाजी १९ वर्षिय आरती कुमारी महतोको हत्या भएको भन्दै माईती पक्ष विगत करिब डेढ महिनादेखि न्यायको खोजीमा भौतिरिएका छन्।हरिवन नगरपालिका १ अत्रौलीका रामध्यान महतोले करिब १ वर्ष पहिला सामाजिक परम्परा अनुसार बरहथवा नगरपालिका ६ का अन्दाजी २४ वर्षिय धनम वीर महतोसंग आफ्नी छोरीको विवाह गरि दिएका थिए।
आफ्नी छोरीको विवाह गरि लागेको ऋण तिर्न नसकेपछि वैदेशिक रोजगारीको सिलसिलामा कतार गएका रामध्यानले विवाह भएको १ वर्ष पुग्दै गर्दा आफ्नी छोरी गुमाएको खबर पाए।गएको चैत्र २४ गते साँझ करिब ६ बजे बरहथवा नगरपालिका ६ स्थित धनम वीरको घरको आफ्नै कोठाको पंखामा सलको पासो लगाई आरती झुण्डिएको अवस्थामा मृत फेला परेपछि हत्या भएको भन्दै माईती पक्ष विगत करिब डेढ महिनादेखि न्यायको खोजीमा भौतिरिएका छन्।
उनीहरुले चैत्र २९ गते ईलाका प्रहरी कार्यालय बरहथवामा आफ्नी छोरीको हत्या भएको भन्दै कर्तव्यद्धारा हत्या गरि झुण््ड्याएको भन्दै किटानी जाहेरी लिएर गएका भएपनि प्रहरीले कर्तव्यद्धारा हत्या गरि झुण््ड्याएको किटानी जाहेरी सच्याएर आत्महत्या दुरुत्साहन कसुरमा जाहेरी ल्याए मात्रै दर्ता गर्ने भन्दै कर्तव्यद्धारा हत्या गरि झुण््ड्याएको किटानी जाहेरी दर्ता नगरेको आरतीका माईती पक्षको भनाई छ ।त्यसपछि पीडित माईती पक्षले जाहेरीमा आत्महत्या दुरुत्साहन कसुर बनाएर ईलाका प्रहरी कार्यालय बरहथवामा दर्ता गर्नु पर्यो ।
आफ्नी छोरीको विवाह पछि थप दाईजो ल्याउन भन्दै धनम वीर,धनमवीरका बुबा रन्जित महतो र धनम वीरकी आमा शिला महतोले पटक पटक दवाव दिनुका साथै शारीरिक तथा मानसिक यातना दिने गरेका आरती माइती आएको समयमा बताउने गरेकी आरतीकी बहिनी सुसिला कुमारी महतोले बताईन्।चैत्र २४ गते घटना भएको समयमा बरहथवा नगरपालिका ६ स्थित दिदी आरती कै घरमा आफु भिनाजुले लिन आएर गएको धनम वीरकी साली आरतीकी बहिनी सुसिलाले बताईन् ।
“आफ्नी दिदीको घरमा गएकी मलाई आरतीका श्रीमान धनम वीरले केही केटाहरु हेर्नका लागि समेत बोलाएका रहेछन्।उनीहरुसंग सामान्य कुराकानी गरि हामी खुसी भयौँ,तर त्यो खुसी केही घण्टा मै चक्नाचुर भयो ।धनम वीरको अर्काे घरबाट दिदी आरती बस्ने घरमा आफु जाँदा दिदीको कोठामा ढोका लागेको छ ।दिदी आरती खै त भनी दिदीका ससुरा रन्जितलाई सोध्दा दिदी आरती सुतेकी छिन् तिमी घुम्न जाउँ ।भन्ने जवाफ आयो ।”आरतीकी बहिनी सुसिलाले भनिन् ।
“आफ्नी दिदीको विवाह पछि धेरै पटक दिदी आरतीको घर गएकी र दिदी सुत्ने कोठाको वस्तुगत अवस्था थाहा भएकाले मैले झ्यालबाट दिदी आरतीलाई ओछ्यानमा हेर्दा नदेखेपछि माथि तिर हेर्रेँ आफ्नी दिदी आरती आफ्नै कोठाको पंखामा सलको पासो लगाई झुण्डिएको अवस्थामा मृत देखेपछि म अत्तालिएँ र झ्यालबाटै दिदीको कोठमा चिच्याउँदै भित्र पसे,दिदीको खुट्टा सुम्सुम्याउँदै चर्काे स्वरमा चिच्याएँ,तर कसैले त्यो मेरो आवाजलाई सुनेनन् ।केही समयपछि दिदी आरतीका ससुरा रन्जित कोठमा आएर चुलेसी ल्याउ पासो काटौँ भने,त्यसपछि मैले भान्सा कोठामा गएर चुलेसी ल्याई दिदी आरतीलाई बचाउँन सकिन्छ की भनेर पासो काटेँ ।त्यसपछि आफैँ बोकेर दिदी आरतीलाई तल्लो तलामा झार्दैगर्दा पनि त्यो घरका(दिदी आरतीको घरका) कोहीपनि मानिसहरु आएनन्।वरीपरी सुनसान देखियो ।त्यतिकैमा एउटा एम्बुलेन्स अचानक आयो र त्यसमा हालेर दिदी आरतीलाई बचाउँन सकिन्छ की भनेर प्राथमिक स्वास्थ्य केन्द्र बरहथवामा पुर्याएँ ।त्याहाँ पुर्याउँदा धनम वीरका बुबा दिदी आरतीका ससुरा रन्जित सहित अन्य मानिसहरु देखिए ।प्राथमिक स्वास्थ्य केन्द्र बरहथवाका चिकित्सकहरुले उनको मृत्यु भइ सकेको बताए,तर धनम वीरका बुबा दिदी आरतीका ससुरा रन्जितले उपचारको क्रममा मृत्यु भएको भनी लेख्न लगाए ।अनिमात्र ईलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी कर्माचारीहरु प्राथमिक स्वास्थ्य केन्द्र बरहथवामा आईपुगेँ मैले घटनाको विवरण सुनाउँन खोज्दा मलाई पनि धनम वीरका बुबा दिदी आरतीका ससुरा रन्जितको निर्देशनमा अन्य मानिसहरुले प्राथमिक स्वास्थ्य केन्द्र बरहथवाको शैयामा पुर्याए र वेहोर बनाउने सुई लगाए ।त्यसपछि दिदी आरतीको शवलाई पोष्ट मार्टका लागि प्रादेशिक अस्पताल मलंगवा लगेछन् ।”बहिनी सुसिलाले भनिन् ।
आरतीको शवलाई हेर्दा कान,नाक र आँखाबाट रत्तश्राव भएको देखिएको बहिनी सुसिलाले बताइन्,तर प्रादेशिक अस्पताल मलंगवामा पोष्ट मार्टम गर्दा आफैँ मृत्यु भएको भनी रिपोर्ट लेखिएको कुरा प्रहरीले आफुहरुलाई सुनाएको पीडित माईती पक्षको भनाई छ ।
आरतीको शवलाई कात्रो समेत नओढाई माईती पक्षलाई जानकारी नदिई दहासंस्कार गरिनुले पनि आत्म हत्या नभई हत्या भएको हो आरतीको मृत आत्माको चिर शान्तीको कामना गर्दै मृत आत्माको न्याय लागि आफुहरु ईलाका प्रहरी कार्यालय बरहथवा,जिल्ला प्रहरी कार्यालय सर्लाही,सरकारी वकिलको कार्यालय सर्लाही र विभिन्न अधिकारीकर्मीहरुकोमा धाएको तर कतैबाट पनि आफ्नी मृत छोरी आरतीको मृत आत्माले न्याय नपाएपछि थप चिन्तित बनेको पीडित पक्षको गुनाासे छ ।
यता,आरतीका ससुरा रन्जितलाई ईलाका प्रहरी कार्यालय बरहथवाले नियन्त्रणमा लिएर केही दिनमा रु एकलाख धरौटी राखेर उनी तारेखमा रिहा हुनुले पनि आफ्नी छोरी आरतीको शवले न्याय पाउँने सम्भावना नदेखेको रामध्यानले गुनासो गरे ।
रु एक लाख धरौटी राखेर छुटेका आरतीका ससुरा रन्जितले यस्ता एक÷दुई वटा मुद्धाहरु आफुले गोजीमा राखेर हिड्ने गरेको भन्दै आफुहरुलाई धम्की लगाएका पीडित पक्षको गुनासो छ ।उनीहरुका अनुसार आरतीका श्रीमान धनम वीर र सासु शिला आझैँ फरार रहेका छन् ।
त्यस्तै ईलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी प्रमुख एवम प्रहरी नायव उपरिक्षक गौतम थापाले आफुहरुको कुनै कुरा सुन्नै नचाहेका पीडित माईती पक्षको गुनासो छ । आरतीको मृत्यु भएको घरका मानिसहरुमा कुनै अलिकति पनि चिन्ता छैन् ।उनीहरु सम्पन्न परिवारका साथै रानितीक पहुँच भएका मानिसहरु रहेकाले पनि प्रहरीले आफुहरुको गुनासो नसुनेको पीडित परिवारको गुनासो छ ।पहिला पहिला सहयोग गर्छाै भन्ने अधिकारीकर्मीहरु पनि अहिले फोन उठाउदैनन्।
आफ्नै कोठाको पंखामा सलको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेकी आरतीका श्रीमान धनम वीर,सासु शिला र ससुरा रन्जित विरुद्व कर्तव्यद्धारा हत्या गरि झ्ण्ड्याएको कसुरमा प्रहरीमा जाहेरी लिएर जाँदा प्रहरीले जाहेरी दर्ता गरेन्,पछि जाहेरी सच्याएर आत्म हत्या दुरुत्साहन सम्बन्धी कसुरको जाहेरी बनाएर ल्याउनु भनी सोही अनुसार जाहेरी बनाएर लगेपछि दर्ता गर्यो ।यसबाट आफुहरु थप पीडामा परेको पीडित पक्षको गुनासो छ।
यता,आफ्नै कोठाको पंखामा सलको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेकी आरतीको घटनाको सुक्ष्म अनुसन्धान गरी दोषीलाई कानुनी दायरमा ल्याउने ईलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी प्रमुख एवम प्रहरी नायव उपरिक्षक गौतम थापाले बताए पनि आत्म हत्या दुरुत्साहन सम्बन्धी कसुरमा पक्राउ परेका आरतीका ससुरा रन्जित केही दिनमै रु एक लाख धरौटीमा छुट्नु,घटना हुँदा घटना स्थलमा रहेकी मृतक आरतीकी बहिनी सुसिलाले वास्तविकता बताउँन खोज्दा प्रहरीले विभिन्न किसिमको डर त्रास देखाई दवाव दिएर सो कुरा बताउँन नदिनु,आरतीको शव उनका माईती आफुहरुलाई हेर्न नदिनु र हतार हतारमा दाह संस्कार गर्नु,अस्पतालमा लैजाँदा अस्पतालले उपचारको क्रममा मृत्यु भएको भनी लेख्नु तर पोष्टमार्टमा रिपोर्ट अर्काे बनाउनु,आरतीको दाहसंस्कार गर्दा घटना हुँदा लगाएको कपडा नै लगाएर(कात्रो) समेत नलगाई दाहसंस्कार गरिनु,आरतीका सासु शिला र श्रीमान धनम वीरलाई नियन्त्रणमा लिने सवालमा प्रहरी मौन देखिनु,आरतीकी बहिनी सुसिला चिच्याउँदा,कराउँदा पनि घरका कोही मानिसहरु नआउनुका साथै घटनास्थलमा प्रहरी नबोलाई घरका मानिसहरु आफैँले झुण्डिएको डोरी काटी एम्बुलेन्समा हालेर अस्पताल लैजानुले प्रहरी र आरतीका घरपक्षको मिलेमतो रहेको आफुहरुलाई शंका लागेको पीडित पक्षको गुनासो छ ।
दाईजो कै लागि गीताको पनि हत्या
बरहथवा नगरपालिका १५ मै चैत्र १० गते दिपलाल सहनी र आमा राजवती देवी सहनीकी अन्दाजी २२ वर्षिय छोरीको पनि विवाह गरि दिएको घरको कोठमा विवाह भएको करिब १ वर्षपछि सलको पासो लगाई मृत्यु भएको भएपनि सो विषयमा पनि प्रहरी मौन देखिएको पीडित पक्षको गुनासो छ ।“चैत्र १० गते राती करिब १२ बजे गीता कुमारी सहनीको आफ्नै घरको कोठामा रातो सलको पासो लगाई मृत्यु भएको थियो ।सो विषयमा पनि ईलाका प्रहरी कार्यालय बरहथवा मौन देखिएको छ । आफुहरु छोरीको मृत्य आत्माको न्यायको खोजीमा भौतारिएका छौँ ।”गीताका बुबा दिपलालले गुनासो गरे ।
उनका अनुसार “थप दाईजो ल्याउन भन्दै पटक पटक घरपक्षबाट शारीरिक तथा मानसिक यातना दिने गरेको गीताले माईत आउँदा आफुहरुलाई सुनाएकी थिईन् तर आफ्नो घरको आर्थिक अवस्था कमजोर रहेका कारण सामाजिक परम्परा अनुसार विवाह गर्दा रु पाँच लाख दाईजो दिएको भएपनि थप दाईजो दिन नसक्दा आफ्नी छोरीको हत्या गरियो ।”
श्रीमान् गुड्डु सहनी,ससुरा हरिन्द्र सहनी र सासु रम्तीया देवीले आफुलाई थप दाईजो ल्याउन भन्दै मानसिक तथा शारीरिक यातना दिने गरेका गीताले माईत आउँदा सुनाएकी गीताकी आमा राजवतीले बताईन् ।उनका अनुसार गीताको शरिरका विभिन्न भागहरुबाट रत्तश्राव भएकोले गीतालाई थप दाईजो नल्याएको भन्दै उनका श्रीमान् गुड्डु,ससुरा हरिन्द्र र सासु रम्तीयाले कुटपिट गरि मारी झुण्ड्याएको र घटना घटेकै दिन आफुहरुलाई जानकारी समेत नदिई दाहसंस्कार गराएका कारण उनीहरुले कुटपिट गरि मारी झुण्ड्याएको हु
हुन।सो विषयमा न्याय माग्न ईलाका प्रहरी कार्यालय बरहथवा,जिल्ला प्रहरी कार्यालय सर्लाही,जिल्ला अदालत सर्लाहीमा पुग्दा समेत वेवास्था गरेपछि आफुहरु थप पीडित भएको दिपलालले गुनासो गरे ।मधेश प्रदेशमा दाईजोको वाहना हरेक वर्ष सयौँ निर्दौष छोरीहरुले ज्यान गुमाउनु परेको जानकारहरु बताउँछन् ।