नेपालको संविधान २०७२ ले मुलुकलाई संघीय शासन प्रणालीमा रूपान्तरण गरेपछि तीन तहको सरकार निर्माण भएको छ ।संघीय लोकतान्त्रीक गणतन्त्र नेपाललाई स्थानीय,प्रादेश र संघीय सरकार गरी तीन तहको सरकार बनाई निर्वाचन भएर आएका जनप्रतिनिधिहरूलाई जनताको सेवा गर्ने ठूलो जिम्मेवारी छ।सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै,जनताको आवाजलाई नजिकबाट सुन्न र त्यसको समाधान गर्न संघीयता ल्याइएको भएपनि पछिल्ला दिनहरूमा केही जनप्रतिनिधिहरुका गतिविधि र व्यवहारले संघीयताको मर्ममाथि नै प्रश्न उठाउन थालेको छ ।
जनताबाट निर्वाचित भएका जनप्रतिनिधिहरूले आफूलाई सेवक भन्दा पनि शासकका रूपमा प्रस्तुत गर्ने प्रवृत्ति बढ्दै गएको देखिन्छ।सुविधाका विषयमा अनावश्यक दाबी गर्ने,जनताको करबाट तिरेको रकम व्यक्तिगत विलासिताका लागि खर्च गर्ने र कतिपय अवस्थामा जनताको गुनासो र मागलाई बेवास्ता गर्ने प्रवृत्तिले जनताको मनोबल गिराएको छ।उदाहरणका लागि, कतिपय स्थानीय सरकार प्रमुखहरूले आफ्नो सवारी साधन,कार्यालयको विलासिता र अन्य खर्चमा अत्यधिक ध्यान दिएका छन्,तर जनताको आधारभूत आवश्यकता पूर्तिमा तदारुकता देखाएका छैनन्।
आर्थिक,सामाजिक र भौतिक विकासलाई गाउँ–गाउँमा पु¥याउनु संघीयताको मूल मर्म हो। तर जब जनप्रतिनिधिहरू जनतालाई विस्थापित गर्दै आफ्ना व्यक्तिगत स्वार्थका लागि सत्ता र स्रोतको दुरुपयोग गर्न थाल्छन्,त्यसले संघीयतामाथि नै वितृष्णा उत्पन्न गर्दछ।यो स्थिति सुधार्नका लागि जनप्रतिनिधिहरूले आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक बुझ्न आवश्यक छ। जनताप्रतिको उत्तरदायित्व,पारदर्शिता र जवाफदेहिताको अभ्यास गरेर मात्र संघीयताले आफ्नो उद्देश्य पूरा गर्न सक्छ।
यस समस्याको समाधानका लागि विभिन्न तहका सरकारहरू र सरोकारवाला पक्षहरूले संयन्त्र स्थापना गरी जनप्रतिनिधिहरूको दायित्वबोध गराउनुपर्ने देखिन्छ।साथै,नागरिक समाज र मिडियाहरुले पनि जनप्रतिनिधिहरूको क्रियाकलापमाथि निगरानी राख्दै उनीहरूलाई जनताको सेवकका रूपमा व्यवहार गर्न प्रेरित गर्नुपर्ने भएपनि “गाउँ गाउँको सिंहदरवार”का सिंहहरु समय समयमा जनतालाई सूसुचित गराउने मिडियाकर्मीहरुका साथै नागरिक समाजमाथि लज्जास्पद रुपमा प्रस्तुत हुने गरेका घटनाहरु समय समयमा बाहिर आई रहेका छन् ।राज्यको चौथो अंग मिडिया जगत माथि जनताको मत पाएर जनताको सेवा गर्ने सेवकको रुपमा निर्वाचित भएका जनप्रतिनिधिहरु निमर्म भएर प्रस्तुत हुँदा समेत सरोकारवाला निकाय नेपाल पत्रकार महासंघ समेत बेखबर देखिन थालेका गुनासाहरु पनि समय समयमा नआएका होइनन् ।संघीयता केवल एक राजनीतिक संरचना मात्र नभएर,जनताको जीवनस्तर सुधार्ने अवसर हो। यो अवसरलाई जनप्रतिनिधिहरूले सम्मानका साथ उपयोग गर्नुपर्छ।उनीहरूको दम्भले संघीयता प्रतिको जनआस्था खस्किने खतरा छ,जसले देशको विकास र समृद्धिमा नकारात्मक असर पर्न सक्छ।
साथै,नेपालको संविधान २०७२ को भाग १७ मा स्थानीय तहको संरचना,काम,कर्तव्य र अधिकारबारे विस्तृत व्यवस्था गरिएको प्रावधान गरिएको छ।स्थानीय शासन सञ्चालनःस्थानीय विकास योजना निर्माण,कार्यान्वयन र अनुगमन,सेवा प्रवाहःस्वास्थ्य,शिक्षा,खानेपानी,सरसफाई र पूर्वाधार विकासमा सुधार,स्थानीय प्रशासनःस्थानीय कानून कार्यान्वयन,कर संकलन र शान्ति सुरक्षा कायम,संस्कृति संरक्षणःस्थानीय भाषा,कला र संस्कृतिको प्रवर्द्धन,पर्यावरण संरक्षणःजलवायु परिवर्तन अनुकूलन र प्राकृतिक स्रोतको दिगो व्यवस्थापन,अधिकारःआर्थिक अधिकारःस्थानीय तहले आन्तरिक स्रोतबाट राजस्व संकलन गर्न,कर निर्धारण गर्न र अनुदान प्राप्त गर्न सक्छ।कानून निर्माणःस्थानीय क्षेत्रका लागि आवश्यक कानूनी व्यवस्थाहरू बनाउने अधिकार,निर्णय गर्ने अधिकारःशिक्षा,स्वास्थ्य र भौतिक पूर्वाधारमा प्राथमिकता निर्धारण गर्ने र स्वायत्तताः संविधानद्वारा प्रत्याभूत अधिकारहरूको प्रयोगमा स्वतन्त्रता विधानत व्यवस्था छ ।
नेपालको संविधान २०७२,स्थानीय सरकार सञ्चालन ऐन,२०७४ र स्थानीय कर सम्बन्धी प्रावधानहरू कानूनी आधारहरुमा आधारभूत र माध्यमिक शिक्षा सञ्चालन,स्थानीय सडक, सिँचाई र कृषिका कार्यक्रमहरू सञ्चालन,वातावरणीय संरक्षण,पर्यटन र स्थानीय उद्योगको प्रवर्द्धन गर्न स्थानीय तहहरुलाई अधिकारहरु प्रदान गरेको छ ।यी प्रावधानले स्थानीय तहलाई सशक्त र स्वायत्त बनाउँदै आएको छ,तर व्यावसायिक क्षमता, स्रोत व्यवस्थापन र वित्तीय अनुशासनमा सुधारको आवश्यकता छ।
यता,नेपालको संविधान २०७२ को भाग १८ मा प्रदेश सरकारका काम,कर्तव्य र अधिकारबारे प्रष्ट व्याख्या गरिएको छ।प्रदेश सरकार संघीय संरचनाभित्र एउटा सशक्त तहको रूपमा स्थापित गरिएको छ। यसको मुख्य भूमिका क्षेत्रीय विकास,प्रशासन र जनसेवा प्रवाहमा योगदान पु¥याउनु हो।
आवश्यक कानून निर्माण र कार्यान्वयन,प्रदेशस्तरीय कानून निर्माण,सुरक्षा,शिक्षा,स्वास्थ्य र पूर्वाधारसँग सम्बन्धित नीति निर्माण,आर्थिक योजना र विकास,प्रदेशको आर्थिक विकास योजना बनाउने र कार्यान्वयन गर्ने,प्रदेशस्तरीय कर संकलन र बजेट व्यवस्थापन,सेवा प्रवाह,स्वास्थ्य, शिक्षा,यातायात र सार्वजनिक सेवा प्रदान,प्राकृतिक स्रोतहरूको व्यवस्थापन,वन,जल र प्राकृतिक स्रोतहरूको दिगो उपयोग,संस्कृति र भाषा संरक्षण,स्थानीय संस्कृति,भाषा र सम्पदाको प्रवर्द्धन, शान्ति सुरक्षा र प्रदेशभित्र कानून व्यवस्था कायम राख्न प्रहरी प्रशासन सञ्चालन लगायतका गतिविधिहरु प्रदेश सरकारले गर्न पाउछ ।
स्वायत्तताःआफ्नो क्षेत्राधिकारभित्र स्वतन्त्र निर्णय लिने अधिकार,आर्थिक अधिकार ःराजस्व संकलन,अनुदान पाउने र वित्तीय स्रोत परिचालन,नीति निर्माणःप्रदेशस्तरीय शिक्षा,स्वास्थ्य,कृषि र उद्योग नीतिहरू निर्धारण,सहमति र सहकार्यःसंघीय सरकार र स्थानीय तहसँग सहकार्य गर्दै विकास र सेवामा योगदान गर्नु पर्ने कानूनी व्यवस्था छ ।संविधानमा प्रदेश सभा संचालन नियमावली र आर्थिक र प्राकृतिक स्रोत व्यवस्थापन कानूनहरुको निर्माण गर्नु पर्ने प्रावधान रहेको छ ।प्रदेश सरकारलाई वित्तीय स्रोतको अभाव,संघीय सरकारसँग समन्वयको जटिलता र दक्ष जनशक्तिको कमीजस्ता चुनौतीहरू पनि उत्तिकै छन् ।
त्यस्तै,नेपालको संघीय सरकार नेपालको संविधान २०७२ अनुसार तीन तहको सरकार (संघ, प्रदेश, र स्थानीय) को सबैभन्दा माथिल्लो तह हो। यसको प्रमुख भूमिका राष्ट्रिय स्तरका नीतिहरू निर्माण र कार्यान्वयन गर्दै देशको समग्र विकास,शान्ति सुरक्षा र जनहितका काम सुनिश्चित गर्नु हो।कार्यान्वयन र संरक्षण,राष्ट्रिय सुरक्षा,परराष्ट्र नीति र आपतकालीन अवस्थाको व्यवस्थापन,आवश्यक कानून निर्माणःसंघीय कानून निर्माण,संशोधन र कार्यान्वयन,राष्ट्रिय स्तरका कानूनी संरचनाहरूको विकास,वित्तीय व्यवस्थापनःराष्ट्रिय बजेट निर्माण र राजस्व संकलन,कर नीति निर्माण र कार्यान्वयन,राष्ट्रिय ढाँचाका कार्यक्रमः
ठूला पूर्वाधार परियोजना,रेलमार्ग,हवाई सेवा र जलविद्युत् आयोजना,राष्ट्रिय स्वास्थ्य र शिक्षाका नीतिहरू सञ्चालन,संघीय निकायहरूको सञ्चालनःनेपाल प्रहरी,सशस्त्र प्रहरी र नेपाली सेनाको परिचालन र केन्द्रीय बैंक (नेपाल राष्ट्र बैंक) को सञ्चालन गर्नु संघीय सरकारको काम हो ।
एकीकृत शासनःसंघीय क्षेत्रका सम्पूर्ण जिम्मेवारीहरू (जस्तै,परराष्ट्र सम्बन्ध,सैन्य मामिला), स्रोत र अधिकारको वितरणःप्राकृतिक स्रोतहरूको व्यवस्थापन र राजस्व बाँडफाँट,संघीय सहायता र अनुदान,अन्तर्राष्ट्रिय सम्बन्धःपरराष्ट्र नीति,कूटनीति र अन्तर्राष्ट्रिय सन्धि–सम्झौता,नेपालको संविधानको अनुसूची ५ मा संघीय सरकारको एकल अधिकार,अनुसूची ७ मा संघीय र प्रदेश सरकारको साझा अधिकार र अनुसूची ९ मा संघीय,प्रदेश र स्थानीय सरकारको साझा अधिकारका बारेमा विस्तृत रुपमा चर्चा गरेको पाइन्छ ।
प्रधानमन्त्रीको नेतृत्वमा संघीय मन्त्रिपरिषद्(कार्यपालिका),(व्यवस्थापिका)संघीय संसद्(प्रतिनिधिसभा र राष्ट्रिय सभा) र (न्यायपालिका)सर्वोच्च अदालत संघीय सरकारका प्रमुख अंङ्गहरु हुन ।संघीय सरकारले प्रदेश र स्थानीय तहसँग समन्वय,स्रोत वितरणमा असमानता र संघीय संरचनाको कार्यान्वयनमा देखिएका समस्याहरू समाधान गर्नुपर्ने आवश्यकता छ।तर नेपालको संविधानको मर्म र भावना विपरित एक सरकार र अर्काे सरकार विच मतभेद,मुद्धा मामिला तथा मत भिन्नताका कारण नेपाली जनतालाई संघीयता“कागलाई बेल पाक्यो हर्षन विस्मत”भनेझैँ भएको छ ।संघीयताका जनप्रतिनिधिहरूले आफ्ना दायित्वप्रति इमानदार र जिम्मेवार नबन्ने हो भने संघीयता अभिसाप हुने निश्चित छ ।
लेखक : शंखर पहाडी(गौरब) विगत करिब १७ वर्षदेखि विभिन्न सञ्चार गृहमा कार्यरत पत्रकार हुन् ।