टाेल कमिटि गठन कार्यक्रममै नगर कार्यपालिका सदस्य घिसिङकाे नेतृत्वमा चार दर्जन माओवाद केन्द्रमा प्रवेश

3.9k Shares

सर्लाहीको लालबन्दी नगरपालिका ८ मा नेकपा(एमाले) तथा नेपाली कांग्रेस परित्याग गरि करिब चार दर्जन नेता तथा कार्यकर्ताहरु नेकपा(माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।
लालबन्दी नगरपालिका ८ काे आयाेजनामा भएको पार्टी प्रवेश तथा टाेल कमिटि गठन कार्यक्रममा एमालेबाट निर्वाचित महिला वडा सदस्य तथा लालबन्दी नगरपालिका कार्यपालिका सदस्य सितामाया घिसिङ्काे नेतृत्वमा एमाले परित्याग गरि करिब २ दर्जन र नेपाली कांग्रेस परित्याग गरि करिब २ दर्जन गरि करिब ४ दर्जन नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका नेकपा(माओवादी केन्द्र) लालबन्दी नगर कमिटि सचिव तथा लालबन्दी नगरपालिका ८ का वडा अध्यक्ष राजन कुमार श्रेष्ठले जानकारी दिनुभयाे ।
नेकपा( माओवादी केन्द्र) लालबन्दी नगरपालिका ८ का वडा कमिटिका  अध्यक्ष जय बहादुर बलकाे अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा मधेश प्रदेशका अध्यक्ष प्रह्लाद बुढाथोकीको प्रमुख आतिथ्यता रहेकाे थियाे भने  कार्यक्रममा माओवादी केन्द्र सर्लाहीका संयाेजक कमल बुढाथोकी,लालबन्दी नगर कमिटिका अध्यक्ष लेखराम जर्घा(अर्जुन) लगायतका नेताहरुकाे उपस्थिति रहेकाे थियाे ।
लालबन्दी नगरपालिका ८ काे लामा टाेल कमिटिमा चन्द्र बहादुर डुम्जनकाे अध्यक्षतामा ३५ सदस्यीय टाेल कमिटि गठन गरिएको  माओवादी केन्द्र लालबन्दी नगर कमिटि अध्यक्ष जर्घाले जानकारी दिनु भयाे ।

सम्बन्धित समाचार