हरिवन प्रहरीद्वारा लागू अाैषध सहित २ जना पक्राउ

3.1k Shares

सर्लाहीको हरिवनबाट लागू अाैषध सहित २ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय हरिवनकाे प्रहरी टाेलीले कबिलासी नगरपालिका १ का ५४ वर्षिय अहमद् अलि र कबिलासी नगरपालिका २ का ३० वर्षीय संजय कुमार महतोलाई पक्राउ गरेकाे हाे ।
 ना. १४ प ७७३० नम्बरको मोटरसाइकललाई शंकालागी चेकजाँच गर्ने क्रममा उनिहरुकाे साथबाट ३ सय पिस नाइट्राेभ्याट र मोटरसाइकल नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यलय हरिवनका प्रहरी प्रमुख प्रहरी निरिक्षक भुपेन्द्र गिरीले जानकारी दिनुभयाे । 
उहाँका अनुसार उनिहरुले प्रयाेग गरेकाे माेटरसाईकलकाे सिटभित्र कालो प्लाष्टिकमा लुकाएर राखिएको अवस्थामा नाईट्राभेट ट्याब्लेट बरामद् गरिएको हाे । महतो र अलीले भारतीय सीमावर्ती क्षेत्रबाट लागूऔषध बेच्नका लागि हरिवनसम्म ल्याएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

सम्बन्धित समाचार