ओडिसामा लम्सालको मृत्यु घटना : लालबन्दीमा विद्यार्थीहरुको प्रदर्शन

369 Shares

सर्लाहीको लालबन्दी नगरपालिका ९ स्थित रहेको जनज्योति बहुमुखी क्याम्पसमा अध्ययनरत् विद्यार्थीहरुले कलेज अगाडि प्लेकार्डसहित प्रदर्शन गरेका छन् ।भारतको ओडिसास्थित भुवनेश्वरमा रहेको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा भएको घटनालाई लिएर 
लालबन्दी नगरपालिका ९ स्थित रहेको जनज्योति बहुमुखी क्याम्पसमा अध्ययनरत् विद्यार्थीहरुले कलेज अगाडि प्लेकार्डसहित प्रदर्शन गरेका नेकपा(एमाले)निटक अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सर्लाहीका अध्यक्ष आशिष बाबु दाहालले जानकारी दिए ।
उनका अनुसार केआईआईटीमा अध्ययनरत छात्रा रुपन्देहीकी प्रकृति लम्सालको रहस्यमय मृत्यु र तत्पश्चात नेपाली विद्यार्थीहरू प्रति गरिएको व्यवहार प्रति आपत्ति जनाउँदै अनेरास्ववियु जनज्योति बहुमुखी क्याम्पस कमिटीको आयोजनामा प्रदर्शनमा सहभागी विद्यार्थीहरुले जस्टिस् फर प्रकृति लम्साल, मृत्युुको छानबिन गर,अबिलम्व कुटनीतिक सम्वाद सुरु गर,नेपाली विद्यार्थीहरुमाथि भएको आक्रमण बन्द गर र मानवता विरोधी गतिविधि बन्द गर जस्ता नारा लगाएका थिए ।
उक्त प्रदर्शनलाई अनेरास्ववियुका नेता एवम सर्लाहीका निवर्तमान अध्यक्ष समिमबाबुु पठान,वर्तमान अध्यक्ष दाहाल लगायतले सम्वोधन गर्दै घटनाको सहीसत्य छानबिन गरी दोषीलाई कारवाहीका लागि कुटनीतिक पहल गर्न सरकारसँग माग गरेका छन् ।केआईआईटीमा अध्ययनरत् नेपाली छात्रा लम्साल गत आइतबार होस्टेलमा मृत फेला परेकी थिईन्।सोही विषयलाई लिएर देशभरका विभिन्न स्थानहरुमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।

सम्बन्धित समाचार