सर्लाही ३ मा मंसिर ४ महासंग्राम, साह र उप्रेतीबीच प्रतिष्पर्धा,साहको जीत पक्का

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-७-१७ गते   ३६१ पटक हेरिएको

नेकपा(माओवादी केन्द्र)का नेता नरेन्द्र साहले सर्लाही क्षेत्र नं. ३ बाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएका छन् । २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा साह तराई मधेश समाजवादी पार्टी(तमसपा)बाट उम्मेदवार भई सोही क्षेत्रबाट समानुपातीकमा निर्वाचित भएका थिए । भने २०७० सालको संविधान सभाको निर्वाचन २०७० मा नेकपा(एमाले)का नेता हरि प्रसाद उप्रेती सर्लाही ३ वाटै निर्वाचित भएका थिए । उनिहरु दुवै जना मंसिर ४ को निर्वाचनका लागि सोही क्षेत्रबाट फरकफरक पार्टीबाट आम्ने साम्ने भएका छन् ।
साह नेकपा(माओवादी केन्द्र),नेपाली कांग्रेस,नेकपा(एकिकृत समाजवादी),नेपाल समाजवादी पार्टी लगायत पाँच दलिय गठबन्धबाट उम्मेदवार भएका छन् भने उप्रेती नेकपा(एमाले) र जनता समाजवादी पार्टीको दुई दलिय गठबन्धबाट उम्मेदवार भएका छन् ।
२०७४ सालको निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ३ बाटै गुलाब चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका साह तत्कालीन वाम गठबन्धन (एमाले–माओवादी केन्द्र) बाट उम्मेदवारी दिएका माओवादी केन्द्रका रामेश्वर रायसंग पराजीत हुन पुगे ।
रामेश्वरले  २२ हजार ३ सय ६७ मत प्राप्त गर्दा साहले करिब १२ हजार मत ल्याएका थिए । पछिल्लो समय नेकपा(माओवादी केन्द्र)मा प्रवेश गरेका उनै साह मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाका लागि सत्ता गठबन्धन दलको बाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट सर्लाही ३ को प्रतिनिधि सभा सदस्यका लागि साझा उम्मेदवार बनेका छन् । उनि एमाले जसपाको दुई दलिय गठबन्धनका साझा उम्मेदवार उप्रेतीसंग प्रतिस्पर्धी गर्दै छन् ।
उप्रेती २०७० सालमा निर्वाचित भएको आफ्नै क्षेत्र सर्लाही ३ बाटै र साह पनि सर्लाही ३ वाटै चुनावी मैदानमा आम्ने साम्ने भएका छन् ।
सर्लाही क्षेत्र नम्बर ३ मा ६ वटा स्थानिय निकायका ५१ वटा वडाहरु रहेका छन् ।  जसमध्य बागमती नगरपालिका,हरिवन नगरपालिका स्थानिय निकायको निर्वाचनमा नेकपा(माओवादी केन्द्र)ले जितेको छ भने बरहथवा नगरपालिका एउटा मात्र नेकपा(एमाले)ले जितेको छ । अन्य स्थानिय नियकाहरुमा मिश्रित नतिजा आएको छ । बागमती नगरपालिका ११ र बरहथवा नगरपालिका १५ का स्थायी बासिन्दा साह र बरहथवा १५ का स्थायी बासिन्दा उप्रेती उमेरको हिसावले साथी साथी उमेरकै भएपनि फरक फरक पार्टीबाट महासंग्राममा एउटै स्थानमा होमिएका छन् । भनेदुवै जना निवर्तमान प्रतिनिधि सभा सदस्य रहेका कारण पनि मंसिर ४ मा सर्लाही ३ मा हुने निर्वाचनलाई विशेष चासोका साथ हेरिएको छ ।
पाँच दलिय गठबन्धका साथै नेकपा(माओवादी केन्द्र)का सर्लाही संयोजक एवम हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी(कमल) र माओवादी केन्द्र मधेश प्रदेश कमिटि सदस्य एवम बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाको पुर्ण साथ पाएका साह कुनै पनि हालतमा आफुले चुनाव जित्नेमा ढुक्क छन् भने एमाले मधेश प्रदेशका उपा अध्यक्ष रेवती पन्तसहित दुई दलिय गठबन्धको साथ पाएका उप्रेती पनि आफुले चुनाव जित्नेमा निश्चीन्त छन् ।
तर,२०७० सालमा प्रत्यक्ष तर्फबाट निर्वाचित भएका उप्रेतीले सर्लाही ३ का जनताको मन जित्न नसकेका र जसका कारण  उनलाई पाँच दलिय गठबन्धका उम्मेदवार निकै भारीपर्ने राजनितिक विष्लेशकहरुको विष्लेषण छ । “भाषण गर्न अगाडी पर्ने उप्रेती काम गर्न लागिपर्ने साह भन्दा जनमानसमा निकै कमजोर छन् । जसका कारण पनि साहले चुनाव जित्ने पक्का छ ।”नेपाली कांग्रेसका नेता डाकुरनाथ खतिवडाले बताए । “दुवैजना राजनितीका पुराना खेलाडी हुन तथापी पनि जनताको सुख दुःखमा साह जतिको उप्रेतीको उपस्थिती छैन । जसका कारण पनि साहले करिब १० हजार मतान्तरले उप्रेतीलाई हराउने छन् ।” माओवादी केन्द्र हरिवनका नगर कमिटि अध्यक्ष अर्जुन पन्तले बताए ।
यता,२०७० सालमा सर्लाही ३ वाटै एक्ले चुनाव लडेर जितेको र  अहिले जनता समाजवादी पार्टी समेत साथ भएको  अवस्थामा आफ्ना उम्मेदवारलेचुनाव हार्ने कुनै कारण नरहेको एमाले मधेश प्रदेश कमिटिका उपा अध्यक्ष रेवती पन्तले बताए । तर एमाले अहिले समाजवादी हुँदा सामान्य असर परेपनि त्यसले फरक नपार्ने  पन्तको भनाई छ ।
जित्ने सम्भावना के छ ? के भन्छन उम्मेदवारहरु
आफु समाुनापातिकबाट भएपनि निर्वाचित हुँदा सर्लाही ३ का जनताहरुको सुख दुःखमा मल्हम पट्टी लगाउने काम गरेको र अहिले पाँच दलिय गठबन्धबाट आफ्नो उम्मेदवारी परेका कारण सर्लाही ३ को करिब ७० हजार मत मध्य करिब ४५ हजार मत आफुले ल्याएर निर्वाचित हुने पाँचदलिय गठबन्धका  साझा उम्मेदवार साहको दाबी छ । उनले सर्लाही ३ मा हाल सम्म निर्वाचित भएका जनप्रतिनिधिहरु भन्दा धेरै बढी काम गरेको जनताको दुःखकोसाथी बनेको र दुःख मल्हम लगाउने काम गरेको बताउँदै साहले आफुले निर्वाचन जितिसकेको घोषणा गरे । उनलेनिर्वाचन पक्रिया भएका कारण मंसिर १० भित्रमा मात्र आफ्नो जीत घोषणा हुने भएपनि जीत अहिलै भईसकेको बताए ।
यता,२०७० सालमा नेकपा(एमाले) एक्लैले निर्वाचन जितेको स्थानमा अहिले जनता समाजवादी पार्टीको साथ रहेको छ जसका कारण पनि आफुले चुनाव नजित्ने भन्ने नभएको दुई दलिय गठबन्धनका उम्मेदवार उप्रेतीले बताए । उनले आवश्यक सबैशक्ति लगाएर भएपनि यस पटक पनि निर्वाचित भएर छाड्ने दाबी समेत गरे । तर बरहथवा नगरपालिका ५ को किता नं.१४२ र १४३ को ४९ कठ्ठा १० धुर सरकारी जग्गा किनबेचमा नाम जोडिएका उप्रेतीलाई यस पटक निर्वाचन फलाम चिउरा हुने केही नेताहरुले बताएका छन् । तथापी पनि मंसिर ४ मा सर्लाही ३ को निर्वचन प्रतिष्पर्धालाई सबैले विशेष चासोका साथ हेरेका छन् ।
 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech