Close This

टिपरको ठक्करबाट ज्यान गएका महतोको शनिबार लखन्देहीमा अन्त्येष्टि

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-४-३० गते   ५१ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका १ अनर््गत पर्ने पुर्व पश्चीम लोकमार्गमा भएको सवारी दुर्घटनामा ज्याउन गुमाएका रामनरेश महतोको शनिवार अन्त्येष्टि गरिएको छ । महतोको  जिल्ला अस्पताल सर्लाहीमा पोष्टमार्टम भए पश्चात शनिबार साँझमा उनकै घर छेउ लखन्देही नदीमा अन्त्येष्टि गरिएको हो । 
३५ वर्षीय महतोलाई शुुक्रवार साइकलमा घाँस लिएर घर जाँदैगर्दा पूर्व–पश्चिम लोकमार्गस्थित लालबन्दी नगरपालिका १, नवलपुरमा ना ७ ख ८२९३ नम्वरको टिपरले ठक्कर दिएर घटना स्थलमै ज्यान गएको थियो । सो घटना लगत्तै स्थानीयवासीले शुक्रवार दिउँसो करिब ४ घण्टा पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध गरेका थिए ।
पछि लालबन्दी नगरपालिकाका नगर प्रमुख मानबहादुर खड्का,लालबन्दी नगरपालिका २ का वडा अध्यक्ष किरण कुमार पासवान,प्रहरी नायव उपरिक्षक र सशस्त्र प्रहरी नायव उपरिक्षकको रोहबरमा घटनाको बारेमा (आज)शनिवार छलफल गर्ने सहमति पछि मृतकको शव पोष्टमार्टमका लागि अस्पताल पठाउने र राजमार्ग खोल्ने सहमति भएको थियो । घटनाका बारेमा शनिवार(आज) पुनः नगर प्रमुख खड्काकै रोहबरमा ईलाका प्रहरी कार्यालय लालबन्दीमा छलफल भएको थियो ।
शनिवार(आज)को छलफलबाट आगामी वुधवार पुनः सवारीधनी, सुरक्षा निकाय, जनप्रतिनिधि र पीडित पक्षबीच छलफल गर्ने सहमति भएको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिनु भयो । पीडित पक्षले शव पोष्टमार्टम पश्चात क्षतिपूर्तिको माग राख्दै शनिवार(आज)ं फेरि नवलपुर चौकमा प्रदर्शन गर्ने तयारी समेत गरेका थिए । तर नगर प्रमुख खड्का, लालबन्दी नगरपालिका २ का वडाध्यक्ष पासवानसहित मृतकका आफन्तसँग छलफल गरेर शव अन्त्येष्टि गर्ने र वुधवार थप छलफल गरी पीडितलाई कानुन बमोजिम क्षतिपूर्ति उपलब्ध गराउने सहमती भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । दुर्घटनामा संलग्न टिपर चालक प्रहरीको नियन्त्रणमा रहेका छन् भने टिपरलाई ईलाका प्रहरी कार्यालय हरिपुरमा लगेर राखिएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech