सुख्खायाम सुरु भएसंगै वनक्षेत्रमा जताततै डढेलो फैलिँदै

493 Shares

पूर्वपश्चिम लोकमार्गको दायाँबायाँका वनक्षेत्रमा अहिले जताततै अहिले डढेलो फैलिँदै गएको छ ।सर्लाहीको पुर्वमा बाँकेपुलदेखि पश्चीममा लालबन्दी बजार सम्मको सीमा पर्ने सामुदायिक वनहरुका साथै चुरे पहाड क्षेत्रमा पर्ने वनक्षेत्रमा जताततै लागेको डढेलोले परसम्म धुवाँको मुस्लो देखिएको छ।धेरैजसो पूर्वपश्चिम लोकमार्ग आसपास तथा सागरनाथ वन विकास परियोजनाको प्लटमा देखिने डढेलो अब उत्तरतर्फ पनि बढेको छ ।लोकमार्ग दक्षिण परियोजना र उत्तरतर्फ सामुदायिक (राष्ट्रिय वन ) वनक्षेत्र छ ।
दिउँसोपख हावाहुरी चल्न थालेसँगै लोकमार्ग छेउछाउका घना जङगलमा लागेको डढेलो थप क्षेत्रमा बढ्दै गएको हो ।डढेलोका कारण वासस्थान गुम्दा वन्यजन्तु समस्यामा परेका छन् ।लोकमार्ग किनारै सम्म डढेलो सल्कि सकेको देखिन्छ ।सडकलाई छुने गरी डढेलो सल्किँदा पेट्रोलियम पदार्थ बोकेका सवारी साधनहरु ओहोरदोहार गर्न नै जोखिम हुन थालेको छ ।
दिनानुदिन फैलँदो डढेलो नियन्त्रणका लागि वन कार्यालय र सम्बन्धी वन उपभोक्ता समुहहरुले खासै चासो देखाएका छैनन् ।जसका कारण वनमा लागेको डढेलो नजिकका घर तथा वन कार्यालयहरुका घाटगद्धीमा सल्कने जोखिम बढेको छ ।वनको डढेलो सल्किएर बाँके चोकस्थित सव डिभिजन वन कार्यालय बाँकेले घाटगद्धी गरेको ठाउँमा आगलागी भएको छ ।वन कर्मचारी मात्रैले आगो निभाउन नसकेपछि दमकलको
सहयोग लिनु परेको वन कर्माचारीहरु बताउँछन् ।उनीहरुका अनुसार काठ थुपारेर राखिएको ठाउँ ( घाटगद्धी) मा मानिसले पानी हालेर तथा हरियो स्याउलाले मात्रै आगो निभाउन नसकेपछि हरिवन नगरपालिकाबाट दमकल मगाएर डढेलो निभाइएको हो । 
दमकल,वन कर्मचारीहरु,स्थानीय प्रहरी र उपभोक्ता मिलेर घाटगद्धीमा लागेको आगो निभाइएको डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख एवम डिभिजन वन अधिकृत मन्जुर अहमदले जानकारी दिए ।उनले घाटगद्धी वरपर सरसफाईसहित पूर्व तयारी गर्दा गर्दै पनि आगलागी भएको बताए ।
सबै ठाउँमा लागेको डढेलो वन कार्यालयले मात्रै निभाउन असम्भव रहेकाले यसमा सबैले सहयोग गर्नुपर्ने डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख एवम डिभिजन वन अधिकृत अहमदले बताए।“वन डढेलो भनेको ठूलो विपत्ति हो,वनका कर्मचारीले मात्रै निभाउन सम्भव हुँदैन,स्थानीय वन समुहहरुका साथै उपभोक्ताहरु आफैँ पनि लाग्नु पर्छ ।”उनले भने,उनले वनमा डढेलो लाग्न नदिन जनचेतना जगाउनका लागि वर्षेनि प्रचार प्रसारको काम गर्दै आइरहेको भएपनि उपभोक्ताहरु आफैँले वना आगो लगाउने गरेका समेत बताए ।
डढेलो लगाएपछि पालुवा पलाउने गलत धारणा बोकेर वनमा वस्तुभाउ चराउन जाने हरुवा चरुवा तथा स्थानीयले डढेलो लगाइदिँदा नियन्त्रणमा चूनौति थपिएको डिभिजन वन कार्यालय सर्लाहीका सूचना अधिकारी राकेश रन्जन दासले बताए।स्थानीयका अनुसार यो वर्ष अहिलेसम्म पूर्व पश्चिम लोकमार्ग क्षेत्रमा पर्ने सर्लाही तथा महोत्तरी खण्डको सागरनाथ वन विकास परियोजनाको जङ्गल क्षेत्रमा धेरै नै डढेलो लागिरहेको छ ।वन क्षेत्रलाई विभिन्न वाहनामा अतिक्रमण मात्रै गरिएको छैन्,उपभोक्ताहरुबाटै आगजनी तथा चोरी सिकारी समेत हुने गरेको जानकारहरु बताउँछन् ।

सम्बन्धित समाचार