मन्त्री साहद्वारा ५ जिल्ला कारागारलाई पुस्तक र फर्निचर हस्तान्तरण

2.4k Shares

मधेस प्रदेश सरकारले प्रदेशका ५ वटा जिल्ला कारागारलाई  पुस्तक तथा फर्निचर उपलब्ध गराएको छ । पमधेश प्रदेशको गृह तथा सञ्चार मन्त्रालयमा आयोजित कार्यक्रममा गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले मधेश प्रदेशका ५ जिल्ला कारागारलाई पुस्तक तथा फर्निचर हस्तान्तरण गराउनु भएको हो ।
मन्त्री साहले मधेश प्रदेशको  सप्तरी, सिरहा, महोत्तरी, रौतहट र पर्सा कारागारका लागि पुस्तक तथा फर्निचर हस्तान्तरण गर्नु भएको उहाँकास्वकीय सचिव कृतिक श्रेष्ठले जानकारी दिनु भयो । उहाँका अनुसार मन्त्री साहले कारागारका कैदीबन्दीको समय सदुपयोग होस् र जेल जीवनबाट फर्किएपछि पुनः नयाँ शिराबाट जीवन सुरुआत गर्न सकुन् भन्ने उद्देश्यले पुस्तक तथा फर्निचर हस्तान्तरण गराउन्ु भएको हो ।
कैदी बन्दीको जीवनमा प्रभाव पार्नसक्ने जीवनोपयोगी पुस्तक तथा पुस्तकको संरक्षणका लागि चाहिने आवश्यक फर्निचरलगायत सामग्री सम्बन्धीत जिल्ला कारागार प्रशासनलाई उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ ।
५ वटै जिल्ला कारागारलाई २ सय ५२ प्रकारका जीवन उपयोगी पुस्तक, एक थान अफिस टेबल, २० थान प्लाष्टिक कुर्सी, तीन थान रिमल्भिङ कुर्सी तथा ५ थान दराजका दरले सामग्री हस्तान्तरण गरिएको मन्त्रालयका सचिव रामकुमार महतोले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार