Close This

सर्लाहीको हरिवन नगरपालिकाको पहिलो कार्यपालिका बैठक लाईभ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-२-२५ गते   १५७ पटक हेरिएको

सर्लाहीको हरिवन नगष्रपालिकाको पहिलो कार्यपालिका बैठक बसेको छ । हरिवन नगरपालिकाको कार्यपालिकाको पहिलो बैठक फेसबुकबाट लाईभ गरिएको हो ।
नगरप्रमुख रमेश कुमार बुढाथोकी (कमल) को कार्यकक्षमा बसेको पहिलो कार्यपालिका बैठकको नगरपालिकाकै ‘हेल्लो हरिवन नगरपालिका’ नामको फेशबुक पेजबाट लाईभ गरिएको हो ।
बैठकमा केही जनप्रतिनिधिहरुले नगरपालिका र वडाहरुबीच समन्वय गरी नगरपालिका आफैले टेलिभिजन नै संचालन गरी कार्यपालिकाको बैठकमा भएको छलफल र त्यहाँबाट हुने निर्णय आम नगरवासीले प्रत्यक्षरुपमा देख्न पाउने वातावरण मिलाउन माग गरेका नगर प्रमुख बुढाथोकीका स्वकीय सचिव गौतम महतोले जानकारी दिनु भयो ।
वैशाख ३० को स्थानिय निकायको निर्वाचन र कार्यपालिका गठनपछि बसेको पहिलो बैठकमा समग्र नगरभित्रका समस्या र वर्तमान अवस्थाबारे छलफल भएको नगर प्रमुख बुढाथोकीले जानकारी दिनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech