Close This

नेकपा गाउँ कमिटिद्धारा ब्रम्हपुरी गाउँपालिकालाई खाद्यान्न सहयोग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१-२८ गते   ३१३ पटक हेरिएको

सर्लाहीको ब्रम्हपुरी गाउँपालिकालाई नेकपा ब्रम्हपुरी गाउँ कमिटिले २१ क्विन्टल ५० किलो चामल सहयोग गरेको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद व्यावस्थापन समितिका संयोजक मोहन बहादुर जिसीमार्फत गाउँ पालिका अध्यक्ष विनोद कुमार साहलाई हस्तान्तरण गरिएको नेकपा सर्लाहीका सचिव कमल बुढाथोकीले जानकारी दिनु भयो ।
विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाईरस विरुद्ध लक डाउन जारी रहेको समयमा अति विपन्न गरिब परिवारहरुलाई खाद्य संकट नहोस भनी सहयोग गर्ने उद्धेश्यले नेकपाले जिल्लाका विभिन्न स्थानिय निकायहरुलाई खाद्यान्न लगायत नगद समेत सहयोग गरि रहेको छ ।
ब्रम्हपुरी गाउँपालिकामा खाद्यान्न हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरी,राष्ट्रिभा सदस्य राधेश्यम पासवान,प्रदेश सभा सदस्य डिल्ली उप्रेती,नेकपा सर्लाहीका जिल्ला ईन्चार्ज डाचाराज वाग्ले,प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसी,जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक विश्वमणी पोख्रेल,सशस्त्र प्रहरी उपरिक्षक गंगाराम श्रेष्ठ लगायत पार्टीका स्थानिय तहका नेता तथा कार्यकर्ताहरुकाने सहभागीता रहेको नेकपा ब्रम्हपुरी गाउँ कमिटिले जनाएको छ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech