एमाले लालबन्दीको अध्यक्षमा कार्की निर्वाचित,सबै भन्दा धेरैमत ल्याउने उप सचिव खड्का

695 Shares

नेकपा(एमाले)लालबन्दी नगर कमिटिको दोस्रो नगर अधिवेशनबाट उज्वल कुमार कार्की अध्यक्ष पदमा विजयी भएका छन्।लालबन्दी नगरपालिकाका १७ वटा वडाका ५१ जना सहित तीन सय तीन जना प्रतिनिधिहरु मध्य दुई सय ९९ प्रतिनिधिहरुले मतदान गरेकामा एक सय ६५ मत ल्याई कार्की अध्यक्ष पदमा विजयी भएका नेकपा(एमाले) लालबन्दी नगर कमिटिका निवर्तमान अध्यक्ष सरोज बाबु न्यौपानेले जानकारी दिए ।उनका अनुसार कार्कीका प्रतिस्पर्धी प्रेमप्रसाद आचार्य (उमेश)ले एक सय १८ मत ल्याउँदा कार्कीले ४७ मत बढी ल्याई एक सय ६५ मत प्राप्त गरेका हुन् । 

488910599_9815051098525639_4429294931157171687_n.jpg
लालबन्दी नगरपाकिला ६ स्थित मदन आश्रीत भवनमा एमाले लालबन्दीको दोस्रो नगर अधिवेशन अन्तर्गत भएको मतदानमा एक सय १८ मतसहित हेमप्रसाद पौडेल उपाअध्यक्षमा, एक सय ६७ मतसहित वर्षा कुमारी लामा सचिवमा,एक सय ७२ मत सहित बिक्रम खड्का उप सचिवमा र एक सय ४२ मत सहित नैन कुमारी चौधरी महिला उप सचिव महिलामा निर्वाचित भएका निर्वाचन अधिकृत कमल पौडेलले जानकारी दिए ।
एमाले लालबन्दी नगर कमिटि अध्यक्षपदका लागि चार जनाको उम्मेदवारी परेको भएपनि उम्मेदवारी फिर्ता लिने समयमा माधव प्रसाद खरेल र लीला कुमार बानियाँले उम्मेदवारी फिर्ता लिएका थिए ।उपाध्यक्ष,सचिव र महिला उप सचिव तथा पुरुष दुवैमा एक जना भन्दा बढीको उम्मेदवारी परेका कारण निर्वाचन भएको नेकपा(एमाले) लालबन्दी नगर कमिटिले जनाएको छ ।

सम्बन्धित समाचार