मधेश प्रदेशमा साक्षरता अभियान चलाइने मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले बताए । मधेश प्रदेशका आठै जिल्लाका मुस्लिम,आदीवासी जनजाती तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृती प्रदान गरिने र मधेश प्रदेश सरकारले साक्षरता अभियान चलाउने मुख्य मन्त्री सिंहले बताए ।
सर्लाहीको ईश्वरपुर नगरपालिका ३ स्थित भक्तिपुरमा रहेको सरस्वती मा.वि.को ६० औं वार्षिकोत्सव“हीरक महोत्सव”उद्धघाटन गर्न सर्लाही आएका मुख्यमन्त्री सिंहले मधेश प्रदेशका आठै जिल्लाका मुस्लिम,आदीवासी जनजाती तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृती प्रदान गर्दै मधेश प्रदेश सरकारले साक्षरता अभियान चलाउने बताए ।
उनले यस पटकको बजेटमा मधेश प्रदेशका आठै जिल्लाका प्रत्येक निर्वाचन क्षेत्रमा आधुनिक विद्यालय निर्माण गरिने,प्राविधि मैत्री शिक्षालाई पनि मधेश प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए । विद्यार्थीहरुलाई कुलतमा फस्नबाट रोक्न संगित र पत्रकारहरुका लागि आम सञ्चार तथा पत्रकारीता विषयको अध्यायन अध्यापन सुरु गरिने समेत बताए ।
“मधेश उर्वर भुमी भएकाले हुदाँ मधेशका आठै जिल्लाका एक सय ३६ पालिकामा कृषि विद्युतीकरण र सिँचाइ गर्ने बोर्डीङको व्यवस्थापन गर्दै कृषि प्रधान देशको पहिचान मर्न नदिने मधेश प्रदेश सरकारको संकल्प रहेको छ।मधेशका प्रत्येक निर्वाचन क्षेत्रमा पाँच किलोमिटर सडक कालो पत्रे गरिने तथा एउटा पुल निर्माण गर्ने लक्ष्य छ ।”मुख्यमन्त्री सिंहले बताए ।
“हीरक महोत्सव”मा सर्लाही क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य रामप्रकाश चौधरी,पुर्व प्रतिनिधि सभा सदस्य प्रमोद साह,प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ लगायतको विषेश उपस्थिति रहेको ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्यले जानकारी दिए ।