नेपाली सेनाले तत्काल लुटपाट र आगजनी लगायतका कार्य रोक्न आन्दालनरत पक्षसंग आग्रह गरेको छ।नेपाली सेनाले जारी गरेको सूचना र अनुरोधका बाबजुद पनि यस किमिसका कार्य नरोकिए मंगलबार राति १० बजेबाट नेपाली सेनासहित सबै सुरक्षा संयन्त्र परिचालित हुने समेत जनाएको छ ।
सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा“विषम परिस्थितिको अनुचित फाइदा उठाएर केही समूहले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पु¥याउने काम”गरेको भनिएको छ।यस्तो परिस्थिततिमा त्यसलाई नियन्त्रणमा लिन सम्पूर्ण राष्ट्रवासीलाई सहयोगका लागि पनि नेपाली सेनाले अपिल गरेको छ ।
तत्पश्चात सुरक्षा स्थितिको पुनर्मूल्यांकन गरी थप सूचना जारी गरिने सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।सोमबार र मंगलबार भएको “जेन जी”पुस्ताको आन्दोलनमा नेपाली सेना मौन बसेको थियो ।