Close This

लालबन्दी जेसीजद्धारा प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीलाई स्वास्थ्य सामाग्री सहयोग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-२-५ गते   ४०७ पटक हेरिएको

स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु हुदै लालबन्दी जेसीजका अध्यक्ष श्याम खड्का र ग्रहण गर्नु हुँदै प्रा.स्वा.के लालबन्दीका प्रमुख डा. प्रगती राणा

सर्लाहीको लालबन्दी नगरपालिका ९ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई लालबन्दी जेसीजले स्वास्थ्य सामाग्री सहयोग गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस(कोभिड १९) का संक्रमितहरुलाई उपचार गर्ने अक्सीजन सहितको अस्थायी कोभिड अस्पताल समेत सञ्चालनमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य सामाग्रीहरु मास्क,स्यानिटाईजर,ग्लोब्स,फेस सिल्ड र पिपिई सेट लगायतका सामान्य स्वास्थ्य सामाग्रीहरुको अभाव रहेको भन्ने थाहा पाएपछि आफुहरुले प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीलाई  मास्क,स्यानिटाईजर र फेस सिल्ड लगायतका स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको लालबन्दी जेसीजका अध्यक्ष श्याम खड्काले जानकारी दिनु भयो ।
अध्यक्ष खड्काका अनुसार एक हजार थान मास्क, ५० थान फेस सिल्ड र २० लिटर स्यानिट्राइजर लालबन्दी नगरपालिका ९ का वडा अध्यक्ष तथा प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीका व्यावस्थापन समिति अध्यक्ष गोपाल घिमिरे मार्फत प्राथमिक केन्द्र लालबन्दीलाई हस्तान्तरण गरिएको हो । 


चारजना एमबिबिएस चिकित्सकहरु रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य स्वास्थ्य सामाग्रीको अभाव हुँदा आफुहरुले चाहेर पनि बिरामीहरुको सेवा गर्न नपाएको चिकित्सकहरुले गुनासो गरिरहेका भएपनि लालबन्दी नगरपालिका स्वास्थ्य शाखाले चिकित्सकहरुको माग सम्बोधन नगरेको गुनासो आएपछि आफुहरुले थोरै भएपनि सहयोग गरेको उहाँले बताउनु भयो ।
मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने जेसीजको मुल आस्थालाइ आत्म गर्दै विगतका दिनहरुमा झैँ लालबन्दी जेसीलजे लगातार सामाजिक काम गरि रहेको छ । स्वास्थ्य सामाग्री ग्रहण गर्दै वडा अध्यक्ष तथा प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीका व्यावस्थापन समितिका अध्यक्ष घिमिरेले महामारीबाट बच्नको लागि सम्पुर्ण सहयोग प्राप्त भएको बताउनु भयो  । त्यसैगरी प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीका प्रमुख डा.प्रगती राणाले लालबन्दी जेसीजलाइ धन्यवाद दिदै आगामी दिनमा पनि निरन्तर सहयोग पाउनेमा आफु विश्वस्त रहेको बताउनु भयो । 
स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा लालबन्दी नगरपालिका ९ का वडा अध्यक्ष घिमिरे,प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीका निमित्त प्रमुख डा.राणा, लालबन्दी जेसीजका संस्थापक अध्यक्ष किरण घिमिरे, प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरु लगायतको उपस्थिती रहेको प्राथमिक स्वास्थ्य केन्द्रका व्यावस्थापक राज कुमार सिंहले जानकारी दिनु भयो । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech