नेकपा(माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवम मधेश प्रदेशका अध्यक्ष प्रह्लाद कुमार बुढाथोकीले सर्लाहीमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न माग गर्नु भएको छ । सर्वोच्च अदालतले वन क्षेत्र फँडानी गरेर बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कार्य बदर गर्ने आदेश दिएसँगै अध्यक्ष बुढाथोकीले संस्कृत पर्यटन तथा नागरिक उड्यान मन्त्री र अर्थ मन्त्रीलाई भेटेर सर्लाहीमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न माग गर्नु भएको हो ।
सर्लाहीको सागरनाथ वन विकास परियोजनाको खाली रहेको धरहरा मुर्तीया क्षेत्रमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा रुख पनि काट्न नपर्ने र कुनै विवाद पनि नहुँदै भन्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम मधेश प्रदेशका अध्यक्ष बुढाथोकीले संस्कृत पर्यटन तथा नागरिक उड्यान मन्त्री प्रेम आले र अर्थ मन्त्री जनार्दन शर्मा(प्रभाकर)लाई भेटी सर्लाही मै अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न माग गर्नु भएको हो ।
.jpg)
सर्वोच्च अदालतले वन क्षेत्र फँडानी गरेर बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कार्य बदर गर्ने आदेश दिएसँगै सर्लाहीमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न पहल सुरु भएको छ ।
सर्लाहीको बरहथवा नगरपालिकाको धरहरा मूर्तिया क्षेत्र स्थित सागरनाथ वन विकास परियोजनाको खाली जमिन अन्तर्राष्ट्रिय विमानस्थलका लागि उपयुक्त हुने भनि अध्यायन समेत भई सकेको र सोही ठाउँमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अगाडी बढाउन माग गर्दै अध्यक्ष बुढाथोकी मन्त्रालयमा पुग्नु भएको हो । अन्तर्राष्ट्रिय विमानस्थल सर्लाही मै निर्माण हुनु पर्ने माग सहित मन्त्रालय पुग्नु भएका बुढाथोकीले ‘निजगढमा हरिया सालका रुखहरु फँडानी गरेर विमानस्थल बनाउने कार्य सर्वोच्च अदालतले रोक्नु साह्रै सह्रानीय रहेको बताउनु भयो ।’, ‘अब विकल्पको रुपमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि उत्तम ठाउँ भनेकै सर्लाहीको सागरनाथ वन विकास परियोजनाको खाली जमिन हो जो मधेश प्रदेशको विच भागमा पर्छ त्यसकारण सर्लाही मै अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुनु पर्छ । कमलामाई मिडिया प्रा.लिसंग अध्यक्ष बुढाथोकीले बताउनु भयो ।
मधेश प्रदेशको सबैभन्दा घना जंगल मासेर हुन लागेको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य रोकेर सर्वोच्चले पर्यावरणको क्षेत्रमा ऐतिहाँसिक आदेश दिएको उहाँको भनाई छ । ‘अब वन क्षेत्र पनि नमासिने र खाली रहेको सर्लाहीको धरहरा मूर्तिया क्षेत्र स्थित सागरनाथ वन विकास परियोजनाको खाली जमिनमा अन्तर्राष्ट्रिय विमानस्थलको काम अगाडी बढाउनु नै सबैभन्दा उत्तम विकल्प हुने अध्यक्ष बुढाथोकीले बताउनु भयो ।’
.jpg)
जिल्लाको मूर्तिया क्षेत्रमा सागरनाथ वन विकास परियोजनाको २ हजार ७ सय हेक्टर क्षेत्रफल केही वर्षअघि वन फँडानी भएर खाली रहेको छ । हाल परियोजनाले मसला लगायतको विरुवा रोपेको छ भने, कतिपय क्षेत्रमा सुकुम्बासीहरुको व्यवस्थापन गरिएको छ ।
२ वर्षअघि दिएको रिटमा फैसला गर्दै सर्वोच्च अदालतले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने गरी सरकारले गरेको निर्णय बदरको आदेश दिएको छ ।सर्वोच्चको बृहत् इजलासले निजगढमा विमानस्थल बनाउने गरी सरकारले गरेको निर्णय, वन मन्त्रालयको वातावरणीय अध्यायन प्रतिवेदन र निजगढको ८ हजार ४५ हेक्टर जंगल नागरिक उड्डयन प्राधिकरणलाई दिने निर्णय बदर गरेको हो ।