१३० बाेतल काेरेक्स बलरा प्रहरीको नियन्त्रणमा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१२-२४ गते   १५२८ पटक हेरिएको

सर्लाहीको बलरा क्षेत्रबाट लागु आैषध बरामद् भएको छ । सीमा प्रहरी चौकी बलराको टोलीले लागूऔषध कोरेक्स १ सय ३० बाेतल बरामद् गरेको हाे।
भारतबाट भगवानपुर नाका हुँदै साईकलमा बोराभित्र राखेर नेपालतर्फ भित्र्याउँदै गरेको अवस्थामा सीमा प्रहरी चौकी बलराका प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक भवन सिंह भण्डारी नेतृत्वको टोलीले विहिबार १०० एमएलका १ सय ३० बोतल कोरेक्स बरामद् गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रहरी टोलीलाई देख्ना साथ  साईकल चालक भने बोरा फालेर भारततर्फै भागेका छन् । प्रहरी टोलीले बोरा खोलेर हेर्दा १ सय ३० बोतल कोरेक्स फेला पारेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रभिन पाेख्रेलले जानकारी दिनुभयाे ।
भारतीय बजारमा सहजै किनबेच हुने कोरेक्स, नाईट्राभेट ट्याब्लेट, डाईलेक्स डीसी, प्रोक्सिभान जस्ता औषधीहरु नेपालमा भने प्रतिबन्धित छन् । लागूऔषधको रुपमा प्रयोग हुने हुँदा त्यस्ता औषधीहरु नेपालमा प्रतिबन्ध गरिएपनि खुला सिमानाका कारण भारतबाट उल्लेख्य रुपमा भित्रिने गरेको पाईएकाे छ ।
खुल्ला सिमाना भएकोले पनि लागुअाैषध र साना हतियारहरुकाे विगविगी बढेकाे जानकारहरु बताउछन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech