सर्लाहीको पर्सा गाउँपालिका ५ बाट करिब १० किलो प्रतिवन्धित लागु औषध गाँजा सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।पर्सा गाउँपालिका ५ स्थित दक्षिणमा पर्सा बजार र उत्तरमा पिपरा जाने उत्तर दक्षिण सडक खण्डमा प्रदेश २–०२–००३ प ५३९४ नंम्बरको मोटरसाईकलमा भारततर्फ जाँदै गरेको अवस्थामा शंकालागि चेकजाँच गर्दा अन्दाजी १० किलो प्रतिवन्धित लागु औषध गाँजा सहित लालबन्दी नगरपालिका १६ परवानीपुरका अन्दाजी वर्ष १८ का गब्बर वाईबा र सोही मोटरसाईकलमा पछाडि सवार सोही ठाउँका अन्दाजी वर्ष १९ का दिपेश वाईबालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक सरोज राईले जानकारी दिए ।
उनका अनुसार मोटरसाईकलका चालक र सवार बाईवाद्धयलाई नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान सुरु भएको छ।सिन्धुलीको मरिण रहरिहरपुर गाउँपालिकाका विभिन्न स्थानकासाथै सर्लाहीको उत्तरी चुरे क्षेत्रमा उत्पादन भएको प्रतिवन्धित लागु औषध गाँजा सर्लाहीका विभिन्न सडकहरुको प्रयोग गर्दै छिमेकी देश भारत सम्म पुग्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।