Close This

सर्लाहीका अवैधानिक क्रसर उद्योगहरुको छानवीन सुरु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-९-२७ गते   १६९ पटक हेरिएको

जिल्लामा अवैध रुपमा सञ्चालनमा आएका क्रसर उद्योगहरुमाथी निगरानी बढाइएको छ । अवैध क्रसर उद्योगहरुलाई कार्बाही गर्न गृह मन्त्रालयले निर्देशन दिएपछि जिल्लाका सरोकारवालाहरुले अवैध क्रसर उद्योगहरु माथी निगरानी बढाएका हुन ।
वातावरण तथा विपद् व्यवस्थापन शाखाको मापदण्डअनुसार ढुङ्गा,गिट्टी,बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी(पहिलो संसोधन)मापदण्ड– २०७९ विपरीत सञ्चालन भएका जिल्लाका क्रसर उद्योग बन्द गर्न निर्देशन दिइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार मापदण्डको दफा ११ को उपदफा (१)अनुसार क्रसर उद्योग सञ्चालन गर्न राजमार्गको दुवैतर्फ तराई मधेशको भु भागमा पाँच समय मिटर र पहाडको भुभागमा दुई सय मिटर,खोला  वा नदी किनारबाट तराई मधेशको भु भागमा पाँच सय मिटिर र पहाडको भु भागमा दुई सय मिटर,शिक्षण संस्था,स्वास्थ्य संस्था,धार्मिक,सांस्कृतिक पुरातात्विक महत्वका स्थान तथा सुरक्षा निकायबाट तराई मधेशको भु भागमा एक किलोमिटर र पहाडको भु भागमा पाँच सय मिटर,पक्की पुलबाट तराई मधेश र पहाडको भु भागमा पाँच सय मिटर,अन्र्तराष्ट्रिय सिमाबाट तराई मधेश तथा पहाडको भु भागमा एक किलोमिटर,निकुञ्ज तथा आरक्षणबाट तराई मधेश तथा पहाडको भु भागमा दुई  किलोमिटर,वन क्षेत्रबाट तराई मधेश र  पहाडको भु भागमा पाँच सय मिटर,घना बस्तीबाट तराई मधेशको भु भागमा एक किलोमिटर र पहाडको भु भागमा पाँच सय मिटर,हाईटेन्सन लाईनको पोलबाट तराई मधेश तथा पहाडको भु भागमा एक सय मिटर,ऐतिहासिक ताल,तलैया,पोखरी र जलाशयबाट तराई मधेश तथा पहाडको भु भागमा पाँच सय मिटर,सिमसार क्षेत्रबाट तराई मधेश तथा पहाडको भु भागमा एक किलोमिटर र चुरे पहाडको फेदीबाट तराई मधेश तथा पहाडको भु भागमा एक हजार पाँच सय मिटरको दूरी कायम गर्न मापदण्डले भनेकोमा सो दूरी कायम नगरी क्रसर सञ्चालन गरिएको पाइएमा आवश्यक कार्बाही गर्ने बताउनु भयो ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट मापदण्ड पुगेको प्रमाणित भएपछि स्थालगत अनुगमन गरी सञ्चालन गर्न दिने तर अहिले निगरानी तथा छानवीन सुरु गरिएको प्रमुख जिल्ला अधिकारी गौतमले बताउनु भयो ।
जिल्लामा विभिन्न समयमा दर्ता भएका २४ वटा क्रसर उद्योगहरु तथा बालुवा प्रसोधन केन्द्रहरुको छानवीन सुरु भएको हो । जिल्लामा २४ वटा क्रसर उद्योगहरु तथा बालुवा प्रसोधन केन्द्रहरु मध्य अहिले ८ वटा उद्योगहरु मात्र सञ्चालनमा रहेका र बाकी बन्द भनिएका  ११ वटा उद्योगहरुले लगत कट्टा समेत नगरेका तथ्यांक प्राप्त भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका  प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेश राज सुवेदीले जानकारी दिनु भयो । उहाँका अनुसार जिल्ला दर्ता भएका २४ वटा मध्य पाँच वटा उद्योगहरुले लगत पनि कट्टा गरेका र ११ वटा उद्योगहरुले लगत कट्टा समेत नगरेका पाईएको हो ।
उहाँका अनुसार जिल्ला सञ्चारलित अवैध क्रसर उद्योगहरुको छानवीन गरि आवश्यक कार्बाही गर्न गठित जिल्ला प्रशासन कार्यालय सर्लाही,जिल्ला प्रहरी कार्यालय सर्लाही,घरेलु तथा साना उद्योग कार्यालय सर्लाही र जिल्ला समन्वय समिति सर्लाही सहितको सरोकारवाला,कार्यालयका प्रमुख तथा  प्रतिनिधिहरूले जिल्लामा सञ्चालित क्रसर उद्योगहरूको स्थलगत अनुगमन गर्दै छानवीन सुरु गरेको हुन । 
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको ढुङ्गा,गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड–२०७९ अनुसार बस्ती,मुख्य सडक मार्ग, विद्यालय,स्वास्थ्य संस्था,वन क्षेत्र,ठूला नदी,पुल,धार्मिक,सांस्कृतिक र पुरातात्विक महत्वका स्थानभनि तोकिए बमोजिमका क्षेत्रबाट नदीजन्य पदार्थ उत्खनन र सङ्कलन गर्ने गराउने कुनै पनि कार्य गर्न नपाइने उल्लेख रहेको छ ।
मापदण्ड विपरीत तथा नवीकरण नभएका जिल्लामा सञ्चालनमा रहेको क्रसर उद्योगका सञ्चालकलाई समितिले स्थलगत अवलोकन गरि आवश्यक कागजातहरु लिएर आउन आग्ह गर्ने र कावश्यक प्रक्रिया नपुगि सञ्चालन गरेका पाइएमा बन्द गर्ने जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुवेदीले बताउनु भयो ।
क्रसर उद्योगमाथि विशेष निगरानी बढाइएको र क्रसर उद्योगको अनुगमन गर्दा मापदण्डविपरीत खोला,वनजङ्गल, बस्ती र विद्यालय नजिकसमेत सञ्चालनमा रहेको तथा ढुङ्गा,गिट्टी,बालुवालगायत नदीजन्य पदार्थको अनियन्त्रित दोहन रोक्नका लागि कडा कदम चालिने घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीका प्रमुख जितेन्द्र किशोर गुप्ताले बताउनु भयो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (वातावरण तथा विपद् व्यवस्थापन शाखा) ले जारी गरेको ढुङ्गा,गिट्टी,बालुवा उत्खनन,बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड विपरीत सर्लाहीमा सञ्चालन हुँदैआएका क्रसर उद्योगको कागजात मगाएर बैधानिकता बारे बुझ्ने तथा अनुगमन गरी गैर कानूनी नठहरिएमा सञ्चालन हुन दिने सर्लाहीका प्रमुख जिल्ला अधिकारी गौतमले बताउनु भयो ।
जिल्लाको भेल्ही,सलेमपुर,संग्रामपुर,सत्थरकोटा,लक्ष्मपिुर कोद्राहा, बगदह, हरिपुर, फरहदवा कर्मैया, वाग्मती,लालबन्दी,ईश्वरपुर,हरिपुर र बसबरिया लगायतका स्थानमा वडा अध्यक्षदेखि लिएर नगर प्रमुख,पूर्वमन्त्री,राजनैतिक दलका शिर्षनेता,जिल्लाका टाठापाठाले मनोमानी रुपमा क्रसर सञ्चालन गरिरहेका छन् । जिल्लाको तथ्यांकमा बन्द देखिने तर कतै पनि अनुमती नलिई दर्तासमेत नगरि सञ्चालीत क्रसर उद्योगहरु समेत रहेका पाइएको अनुगमन समितिले जनाएको छ ।
तर,जिल्लामा २४ वटा क्रसर उद्योग दर्ता भएको भएपनि हाल आठ वटा मात्र सञ्चालनमा छन । बाँकी १८ वटा क्रसर उद्योगहरु बन्द अवस्थामा रहेको घरेलु तथा साना उधोग कार्यालय सर्लाहीको तथ्यांकले देखाएको छ । यसरी मापदण्ड विपरीत सञ्चालनमा रहेका क्रसर उद्योगले जथाभावी नदीबाट ढुङ्गा,गिट्टी,बालुवा उत्खन्न गर्दा चुरेको अस्तित्व सङ्कटमा पर्नुको साथै रातारात चुरे विनाश भइरहेको लालबन्दी नगरपालिकाका निवर्तमान नगर प्रमुख मान बहादुर खड्काले बताउनु भयो । उहाँका अनुसार नदीजन्य पदार्थको मनोमानी दोहनले चुरे विनाश मात्र नभई तराईका धेरै भु भागहरुमा पिउने पानीका स्रोतहरु समेत सुक्न थालेका छन् । साथै तराई मधेशको उर्वर भूमि दिनप्रतिदिन बगरमा परिणत हुदै गई रहेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech