इश्वरपुर ९ मा करिब डेढ करोडमा विद्यालय भवन निर्माण हुने

341 Shares

सर्लाहीको ईश्वरपुर नगरपालिका ९ स्थित रहेको ईश्वरपुर बेला मा.वि रामनगर मनहर्वाको आठ कोठे भवनको शिलान्यास गरिएको छ।इश्वरपुर नगरपालिका ९ स्थित रहेको  ईश्वरपुर बेला मा.वि रामनगर मनहर्वाको नेपाली कांग्रेसकी नेत्री तथा प्रतिनिधि सभा सदस्य चन्दा चौधरीले एक कार्यक्रमका विच आठ कोठे भवनको शिलान्यास गरेकी इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्यले जानकारी दिए । उनका अनुसार सहरी विकास मन्त्रालय तथा ईश्वरपुर नगरपालिकाको लागत साझेदारीमा एक करोड ६६ लाख ७८ हजार तीन सय ९८ रुपैयाँ ७७ पैसामा निर्माण हुने भवन २०८२ कार्तिक १५ गते सम्ममा निर्माण सम्पन्न हुने छ । 

bm.jpg
भवन शिलान्यास कार्यक्रमकी प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य चौधरीले विद्यालयमा अध्यनरत छात्र/छात्राहरुका लागि पाँच वटा कम्प्युटर आफ्नो व्यक्तिगत खर्चबाट दिने घोषणा गरेकी नगर उप प्रमुख रन्जिता देवी चौधरीले जानकारी दिईन्।उनका अनुसार ईश्वरपुरमा एमबुलेन्स,स्कुल बस,स्यानेटरी प्याड दिने मेसिन तथा मास्टर डिग्री अध्यापन हुने गरी कक्षाको वृद्धी गरिने समेत सांसद चौधरीले बताईन् ।

sh.jpg
ईश्वरपुर नगरपालिकाका सामुदायिक विद्यालयहरुमा अध्यायनरत विद्यार्थीहरु गाई,बाख्रा चराएर पनि मास्टर डिग्री पढन पाउने वातावरण आफुले बनाउने ईश्वरपुर नगरपालिकाका नगर प्रमुख आचार्यले प्रतिबद्धता व्यक्त गरे।उनले आफु ईश्वरपुर नगरपालिकाका जन्ताको हरेक सकारात्मक गतिविधिमा साथ दिने र इश्वरपुर नगरपालिकाको विकासको लागि अघि बढने प्रतिबद्धता व्यक्त गरे ।

सम्बन्धित समाचार