विद्यार्थीहरुको सिकाईलाई निरन्तरता दिन सार्वजनिक विदाको दिनमा पनि खटिने बागमतीका शिक्षकहरुको प्रतिवद्धता

712 Shares

सर्लाहीको बागमती नगरपालिका भित्रका सामुदायिक विद्यालयका शिक्षकहरु विद्यार्थीहरुको सिकाईलाई निरन्तरता दिन सार्वजनिक विदाको दिनमा पनि विद्यालयमा खटिने भएका छन् ।शिक्षा विधेयक प्रति असन्तुष्टी जनाउँदै आन्दोलनमा होमिएका देशभरका शिक्षकहरुलाई साथ दिएका बागमती नगरपालिका भित्रका सामुदायिक विद्यालयका शिक्षकहरुले आन्दोलन फिर्ता भएपछि काममा फर्कदै गर्दा सार्वजनिक बिदा वा शिक्षकले पाउने विदाबाट मिलान हुने गरी सिकाइ आपूरणको व्यवस्था गर्न प्रतिबद्ध रहेको बागमती नगरपालिकाको शिक्षा शाखाका संयोजक मिन प्रसाद उपाध्यायले जानकारी दिए ।
उनका अनुसार नवजन जागरण मा वि केन्द्रका विद्यालय शंकरपुर,श्री ५ महेन्द्र जनता मावि केन्द्र विद्यालय कर्मैया,जनवाल कल्याण मावि केन्द्र विद्यालय धरहरा,जनता मावि केन्द्र विद्यालय मिलनचोक र जनता मावि केन्द्र विद्यालय सोल्टीले एक विज्ञप्ती जारी गरि आफुहरु आन्दोलनमा रहेको समयमा विद्यार्थीहरुको सिकाईमा पुगेको क्षेतीलाई परिपुर्ति गर्न सार्वजनिक विदा वा शिक्षकले पाउने विदाबाट मिलान हुने गरी सिकाइ आपूरणको व्यवस्था गर्न प्रतिबद्ध रहेका हुन ।
शिक्षकहरुको आन्दोलन फिर्ता भइ सहमति समेत भइसकेकोले बागमती नगरपालिका भित्रका सबै सामुदायिक विद्यालयहरुमा असोज ७ गते आइतबार देखि पुर्व निर्धारित समयमै पठनपाठन लगायत सम्पूर्ण प्रशासनिक कार्यहरु सुचारु हुने भन्दै श्री जनजागरण मावि केन्द्र विद्यालयको तर्फबाट बद्रि प्रसाद पोख्रेल,श्री ५ महेन्द्र जनता मावि केन्द्र विद्यालयको तर्फबाट नवकिरण श्रेष्ठ,श्री जनाबाल कल्याण मावि केन्द्र विद्यालयको तर्फबाट प्रकाश बहादुर जिम्बा,श्री जनता मावि केन्द्र विद्यालयको तर्फबाट विजय कुमार राई र श्री जनता मावि केन्द्र विद्यालयको तर्फबाट लोकनाथ दाहालले एक विज्ञप्ती मार्फत आफुहरु आन्दोलनमा रहेको समयमा विद्यार्थीहरुको सिकाईमा पुगेको क्षेतीलाई परिपुर्ति गर्न सार्वजनिक विदा वा शिक्षकले पाउने विदाबाट मिलान हुने गरी सिकाइ आपूरणको व्यवस्था गर्न प्रतिबद्ध रहेको जनाएका हुन ।“आन्दोलनले विद्यार्थीको सिकाइमा पारेको क्षतिको लागि समग्र विद्यालयले सार्वजनिक विदा वा शिक्षकले पाउने विदाबाट मिलान हुने गरी सिकाइ आपूरणको व्यवस्था गर्न हामी प्रतिबद्ध रहेको व्यहोरा समेत अवगत गराउदछौ ।”केन्द्र विद्यालयका प्रधानाध्यापकहरुद्धारा जारी गरिएको विज्ञप्तीमा उल्लेख छ ।

सम्बन्धित समाचार