नेपाल कम्युनिस्ट पार्टी,सर्लाहीले राजावादीहरूको प्रतिगमनकारी कदमविरुद्ध बरहथवामा मसाल जुलुस प्रदर्शन गरेको छ।प्रतिगामीहरू मुर्दावाद,दलाल पूँजीवादी मुर्दावाद,नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद,यथास्थितिवाद मुर्दावाद,एकीकृत जनक्रान्ति जिन्दावाद,मण्डललेहरु होसियार लगायतका नारा सहित नेपाल कम्युनिस्ट पार्टी,सर्लाहीले बरहथवामा मसाल जुलुस प्रदर्शन गरेको नेपाल कम्युनिस्ट पार्टी,सर्लाहीका इन्चार्ज कमल सुस्लिङले जानकारी दिए ।

उनका अनुसार नेपाल कम्युनिस्ट पार्टी,सर्लाहीले आफ्नो बैठक गरी आईतबारको प्रतिगमनकारी कदमविरुद्ध मसाल जुलुसको तयारी गरेको थियो।सो बैठकलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी,मधेश प्रदेशका इन्चार्ज एवम स्थायी कमिटि सदस्य अनिल शर्मा(विरही)ले नेपाली कांग्रेसले विश्व बैंकको दबाबमा ल्याएको कथित उदारवादले देश धरासायी भएको आरोप लगाएका थिए ।बैठकलाई सम्बोधन गर्दै उनले कांग्रेसको स्वतन्त्र अर्थनीति नै नभएको बताउँदै विश्व पूँजीवादको भरिया मात्र भएको आरोप लगाए।सोही बैठकमा प्रतिगमन र मिटरब्याजी विरुद्ध सशक्त संघर्ष चर्काउने निर्णय समेत भएको नेपाल कम्युनिस्ट पार्टी,सर्लाहीकी सेक्रेटरी प्रमिलाले बताईन् ।