नेकपा(माओवादी केन्द्र)का अध्यक्ष गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्प कमल दाहाल(प्रचण्ड) शनिबार सर्लाही आउनु हुने भएको छ । नेकपा(माओवादी केन्द्र) बागमती नगर कमिटिको आयोजनामा बागमती नगरपालिका ८ मा हुने वृहत भेला एवम पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न (माओवादी केन्द्र)का अध्यक्ष गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री प्रचण्ड शनिबार सर्लाही आउनु हुने भएको हो ।
बागमती नगरपालिका ८ स्थित सोल्टी बजारमा हुने वृहत भेला एवम पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष प्रचण्डका साथमा पुर्व परराष्ट्र मन्त्री एवम पार्टीका वरिष्ट नेता नारायण काजी श्रेष्ठ(प्रकाश) समेत आउनु हुने अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनु भयो ।
अध्यक्ष प्रचण्ड र वरिष्ट नेता प्रकाश जनकपुर विमान स्थलमा बिहान ११ बजे उत्रने र बागमतीमा आएर खाना खाएपछि कार्यक्रम स्थल तर्फ जाने बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले जानकारी दिनु भयो । उहाँका अनुसार पार्टी अध्यक्ष र वरिष्ट नेता कार्यक्रमलाई सम्बोधन गर्न आउने भएपछि कार्यक्रम स्थललाई झकिझकाउ पारिएको छ । भने वृहत भेला एवम पार्टी प्रवेश कार्यक्रममा करिब १० हजार जनाले पार्टी प्रवेश गर्ने तयारी गरिएको नेकपा(माओवादी केन्द्र) जिल्ला समन्वय समिति सर्लाहीका संयोजक एवम हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी(कमल)ले जानकारी दिनु भयो ।