पर्साको भिस्वा नाकाबाट सुरक्षाकर्मीहरु कै मिलेमतोमा ठूलो तस्करी

1.4k Shares

पर्साको भिस्वा नाकाबाट भारतबाट आयात हुने अधिकांश खाद्यान्नदेखि लत्ताकपडाको तस्करी हुने गरेको पाइएको छ । वीरगंज नाका नेपालको सबैभन्दा बढी आयात हुने नाका भएप िसोही नाकाबाट भारतबाट आयात हुने अधिकांश खाद्यान्नदेखि लत्ताकपडाको तस्करी हुने गरेको पाइएको हो ।
शसस्त्र प्रहरीको मिलेमतोमा भिस्वा नाकाबाट रातको समयमा भारतबाट आयात हुने अधिकांश खाद्यान्नदेखि लत्ता कपडाको तस्करी हुने गरेको पाइएको छ । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट (बीओपी)भिस्वाका प्रमुख शसस्त्र प्रहरी निरिक्षक सुनिल कुमार दास र  प्रहरी चौकी भिस्वाका प्रमुख बरिष्ठ सई नरेश शाही सहितको मिलेमतोमा  भारतबाट आयात हुने अधिकांश खाद्यान्नदेखि लत्ता कपडाको तस्करी हुने गरेको पाइएको हो ।
शसस्त्र प्रहरी निरिक्षक दास र नेपाल प्रहरीका बरिष्ठ सइ शाहीको संरक्षणमा नेपालबाट भारततर्फ स्याउ,युनिलिभरका नक्कली उत्पादन,कस्मेटिक्स सामानहरूका साथै केराउ,मरिच र छोकडाको तस्करी हुने गरेको स्रोतको दाबी छ । त्यसका साथै मद्यिरा पनि व्यापक रुपमा भारततर्फ जाने गरेको छ । भारतको बिहार राज्यमा मद्यिरा निषेध भएकाले नेपालका सीमावर्ती नाकाबाट मद्यिराको तस्करी हुँदै आएको छ । 
 सिमाको सुरक्षर्थ खटाइएका सुरक्षाकर्मीहरु कै सेटिङमा तस्करीको लाइन पाउनेहरूमा किशोर जैसवाल,उनका छोरा मुन्ना जैसवाल र उनका भतिज रामु जैशवाल,शशिकान्त कुशवाह र मुना जैसवाल मुख्य व्यापारी रहेका शसस्त्र प्रहरी स्रोतको भनाई छ ।
यूनिलिभर नक्कली सामान,केराउ,मरिच,छोकडा समेतको कारोबार रामुले गर्दै आएका छन् भने शशिकान्तले कवाडको,मुनाले स्याउको व्यापार गर्ने गरेका छन् । उनिहरुले शसस्त्र प्रहरी र नेपाल प्रहरीलाई मासिक रुपमा कमिसन बुझाएर आफ्नो कारोबार निर्वाध गर्दै आएका छन् ।  
 रामुले केराउ,मरिच,छोकडा,यूनिलिभरका उत्पादन तस्करी गर्न छुट दिए बापत मासिक रु १ लाख २० हजार सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई बुझाउने गरेको श्रोतको दाबी छ । भिस्वाका यी व्यापारीहरूले बजार व्यवस्थापन समितिको पदाधिकारीको मिलेमतोमा वीरगंजबाट सामान ल्याई स्टोर गर्ने र रातभरी भारततर्फ पठाउने गरेको पाइएको छ ।
नेपाल भारत सीमाको दशगजा नजिकै तस्करीका लागि गोदाम राखिएको समेत जानकारीमा आएको छ । ती व्यापारीहरुको मालसामान भारततर्फ पठाउनका लागि भारतको सिक्टाका पप्पु र भिस्वाका लड्डुले सबै ठेक्का लिने गरेका छन् । उनीहरूले मालसामान कटाउने जिम्मा रातिमात्र लिने र दिनमा पनि महिलाहरूलाई प्रयोग गरी केही सामान भारततर्फ तस्करी गराउँदै आएका छन् । महिलाहरूलाई बोरामा सामान राखेर दिउँसो केही सामान कटाउने गरिएको शसस्त्र प्रहरी स्रोतको भनाई छ । भिस्वा नाकाबाट लागुऔषधको समेत कारोबार हुने गरेको पाइएको छ । लागु औषधको कारोवार गर्ने १ जना बाडकागावका छन् भने २ जना भिस्वाका छन् । २ जना झलमहिया बस्नेगरी ५ जनाको समूहले गाजा तस्करी गरिरहेको समेत सूचना आएको  छ । 
छिपहरमाई गाउँपालिका ५ मा पर्ने भिस्वा नाकामा सुरक्षाकर्मी कै संलग्नतामा हुण्डी कारोबार फस्टाउनुको साथै भारतीय र नेपाली रुपैयाँ बिना लाईसेन्स अबैध रूपमा सटही काउन्टर संचालन गर्ने गरेको समेत खबर प्राप्त भएको छ । व्यापार,व्यावसाय र रोजगारी  भन्दा बढी कमाइ हुने भएकाले सटही कारोबारमा केही पसल सञ्चालक लागेको बताउँदै छिपहरमाई  गाउँपालिका ५ भिस्वाका एक स्थानीयले नाम उल्लेख नगर्ने शर्तमा भने–‘अबैध रूपमा  बिना लाइसेन्स सञ्चालन गरेका सटही काउन्टरवालाले  दैनिक ज्याला दिएर कामदारलाई  प्रयोग गरी दिनभरी ओहोर दोहोर गर्न गराउन सिमानाकामा अबैध रूपमा हुण्डीको  कारोबारमा सुरक्षाकर्मीहरुले आँखा बन्द गरेपछि सजिलो भाएको छ । छिपहरमाई गाउँपालिका ५ स्थित भिस्वामा देखाउनका लागि पसल सञ्चालन गरेर बसेका केही व्यक्तिले समेत गैर कानूनी तवरले भारतीय र नेपाली मुद्रा सटही कारोबार गर्दै आएका छन् । अनुमति पत्र लिएर सटही गर्न पाउने प्रावधान भए पनि उनीहरूले गैर कानूनी तवरले सटही कारोबार गरिरहेका छन् ।
सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट(बीओपी)भिस्वाका प्रमुख शसस्त्र प्रहरी निरिक्षक दास र प्रहरी चौकी भिस्वाका बरिष्ठ सई शाहीले सो नाकाबाट जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरिक्षक र शसस्त्र प्रहरी बल नेपाल नम्बर १३ हे.क्वा. गण पर्साका शसस्त्र प्रहरी उपरिक्षकलाई समेत कमिसन जाने गरेको नाम नभन्ने सर्तमा एक सुरक्षाकर्मीले  जानकारी दिए ।
यता,भिस्वा नाकाबाट केही समय पहिला तस्करी हुने गरेको भएपनि अहिले ती व्यापारीहरुले कारोबार गर्न नपाएका सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट(बीओपी)भिस्वाका प्रमुख शसस्त्र प्रहरी निरिक्षक दासले बताए । उनले ती पुराना व्यापारीहरुको नामहरु हुन र निर्वाचनको समयमा केही कारोवार भएको होला भन्दै अवैध कारोवार हुने गरेको स्वीकार गरे ।

सम्बन्धित समाचार