सर्लाहीका छ स्थानमा यात्रु सहायता कक्ष स्थापना,संग्रामपुरमा बांकी

388 Shares

दसैँ लगायत प्रमुख चाडपर्व लक्षित गरि सर्लाहीका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।यात्रुहरुको सुरक्षालाई मध्यनजर गर्दै सर्लाहीका छ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक सरोज राईले जाकनारी दिए ।उनका अनुसार लालबन्दी,बरहथवा,हरिवन,गडहिया मिलन चोक,कर्मैया चोक र मलंगवामा गरी छ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको र संग्रामपुरमा चाँडै यात्रु सहायता कक्ष स्थापना गरिने छ ।
चाड पर्वको समयमा हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रण,लागुऔषध नियन्त्रण तथा सवारी साधनको अस्वस्थ प्रतिस्प्रर्धालाई रोक्नुका साथै सरल र सहज यात्राका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी निरीक्षक रजोश घिमिरेले जानकारी दिए ।उनका अनुसार चाडपर्वको समयमा बढी  दुर्घटना हुन सक्ने भएका कारण सवारी चेक जाँच,भार वाहन क्षमता तथा सिट क्षमता,चर्काे भाडा असुलीका साथै माद्यक पदार्थ सेवन गरी सवारी चलाउनेलाई कडाइका साथ कार्बाही गरिने छ ।
यात्रु सहायता कक्षले अलपत्र परेका यात्रुको गुनासो सुन्ने,बढी भाडा लिने,बिच बाटोमै यात्रु झार्ने,टिकट र सवारीमा कालोबजारी गर्ने जस्ता अवाञ्छित कार्यको निगरानी तथा नियन्त्रण गर्न यातायात व्यवसायी र नागरिक समाजको सहकार्यमा २४ सै घण्टा सेवा प्रवाह गर्ने जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काले बताए ।
यात्राका क्रममा यात्रुहरुलाई कुनै प्रकारको असहज वा असुरक्षित महसुस भएमा वा सामान छुटेमा मा कुनै गुनासो÷समस्या भएमा उल्लेखित यात्रु सहायता कक्ष अथवा प्रहरीको हटलाइन नं. १०० वा प्रहरी कन्ट्रोल नं. ९८५४०९०१९९, जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरको सम्पर्क नं. ९८५४०९००३२ मा सम्पर्क गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।

सम्बन्धित समाचार