Close This

थापालाई किन यातायात कार्यालय प्रमुखको पद भन्दा राजनीति प्याराे लाग्याे

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-६-२४ गते   ११४७ पटक हेरिएको

यातायात व्यवस्था कार्यालय बर्दिबासका प्रमुख पोषण थापाले पदबाट राजीनामा दिएका छन् । यातायात व्यवस्था कार्यालय बर्दिबासका प्रमुख थापाले पदबाट राजीनामा दिएर
प्रतिनिधिसभामा उम्मेदवारी दिएका हुन्।
कार्यालय प्रमुख थापाले महोत्तरी क्षेत्र नम्बर १ बाट प्यानलै बनाएर स्वतन्त्र उम्मेदवारी दिएका हुन्। आइतबार दिएकाे राजीनामा साेही दिन स्वीकृत भएकाे र आफ्नाे प्यानलले  उम्मेदवारी दर्ता गराएको थापाले जानकारी दिए।
पछिल्लाे समय पार्टी प्रति जनता  निराश भएका र स्वतन्त्र व्यक्तिलाई जनताले रुचाउदै गएका कारण राम्रो काम गर्न सक्ने भएकाले स्वतन्त्र उम्मेदवारी दिएको थापाले बताए । 
बर्दिबास नगरपालिकाका नगर प्रमुख प्रह्लाद क्षेत्री सहितका स्वतन्त्र युवाको समर्थनले उम्मेदवारी दिएको उनको भनाई छ । गत स्थानीय निकायको निर्वाचनमा काँग्रेसले टिकट नदिएपछि नगर प्रमुख क्षेत्रीले स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका थिए।
स्वतन्त्र समूहबाटै प्रदेशसभातर्फ महाेतरी क्षेत्र नम्बर १ को (क) बाट युवराज पोखरेल र (ख) बाट विनोद महतोले उम्मेदवारी दिएका छन्।मालपोत, नापी, इलाका प्रशासन कार्यालयलगायतका कार्यालयमा काम गरेको अनुभव भएका थापा केही समय देखि यातायात व्यवस्था कार्यालय बर्दिबासका प्रमुखमा रुपमा कार्यरत थिए । 
 प्रतिनिधिसभामा महोत्तरी क्षेत्र नम्बर १ बाट सत्तारुढ गठबन्धनबाट नेकपा(माओवादी केन्द्र) बाट निवर्तमान सभासद गिरिराजमणि पोखरेल र नेकपा(एमाले)बाट लक्ष्मी महतोले उम्मेदवारी दिएका छन्।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech