बी.पी राजमार्ग अन्र्तगत सिन्धुलीको कमलामाई नगरपालिका ९ नयाँबस्ती नजिकै बर्दीबासबाट कटारीतर्फ जाँदै गरेको बसले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको छ भने अर्का एकजना घाइृते भएका छन् ।ग २ ख ११४१ नम्बरको बसले विपरीत दिशाबाट बर्दीबासतर्फ जाँदै गरेको बा १६ प ७३३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चालक काभ्रेको भुल्लु गाउपालिका ९ का अन्दाजी वर्ष १८ का शौगात माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

दुर्घटनामा टाउको र छातिमा चोट लागेर गम्भिर अवस्थामा रहेका माझीको जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक लालध्वज सुवेदीले बताए ।मोटरसाइकलको पछाडि सवार भारतको मोतिहारी घर भई हाल काठमाण्डौ महानगरपालिका ७ बस्ने अन्दाजी वर्ष १८ का सागर आलम घाइते भएका छन्।टाउको र छातिमा चोट लागेको र अवस्था गम्भिर भएका आलमको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।दुर्घटनामा संगलग्न दुवै सवारी साधन सिन्धुली प्रहरीको नियन्त्रणा रहेका छन् ।