Close This

सडकको पेटिमा जथाभावी पार्किङले पैदल यात्रीलाई सास्ती

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-८-२२ गते   ३५५ पटक हेरिएको

सवारी चालकले सर्लाहीका मुख्य चोक र बजार क्षेत्रका पैदलयात्री हिड्ने सडक पेटिमा मनपरि ढंगले सवारी पार्किङ गर्दै आएका छन् । पैदलयात्री हिंड्ने बाटो नै छेकिने गरी सवारी साधन पार्किङ गर्ने प्रवृत्ति बढ्दो अवस्थामा छ । 
सडकका दुवै तिर कार, जिप, मोटरसाइकल र स्कुटीको अव्यवस्थित पार्किङले सडक पेटि साँघुरो बन्दै गइरहेको छ । पैदल हिंडडुल देखि सडक पार गर्दा दुर्घटनाबाट जोगिन पैदल यात्रीलाई ठुलै समस्या हुने गरेको छ । पेटि फराकिलो भए पनि जथाभावी सवारी पार्किङले गर्दा हिँडडुल गर्ने यात्रु एकापसमा ठोक्किनु पर्ने अवस्था आएको छ  भने सवारी दुर्घटना पनि बढ्दो छ ।
सडक फराकिलो छ तर जथाभावी सवारी पार्किङ, ठेला व्यवसाय र विभिन्न व्यापार व्यवसायीहरु जथाभावी भएका कारण दुर्घटनाको जोखिम बढ्दै गएको स्थानियको भनाइ छ ।पछिल्लो समयमा सवारी साधन,मान्छे धेरै भएकाले अव्यवस्थित बन्दै गएको भए पनि सम्बन्धित निकायले भने व्यवस्थित बनाउन कुनै कदम नचालेको स्थानीयको आरोप छ ।
मोटरसाइकल, स्कुटर, कार, अट्टो रिक्सा , ठेलाहरु जसले जहां जस्तो ठाउंमा पनि राख्ने भएकाले सडकका पैदल यात्री र व्यापारीलाई समस्या परेको करुण इन्टर प्राइजेजका संचालक विनय राम साहले बताउनु भयो । जिल्लाका मुख्य ठूला सपिङ कम्प्लेक्स, वित्तीय संस्था, व्यापारिक केन्द्र र ठूला मालिकले पनि सडक पेटिमै गाडी पार्किङमा राख्ने गरेका छन् । जिल्लाका मुख्य बजारहरुमा ठुला ठुला घरहरु बनेका छन् तर पैदल यात्री हिड्ने सडक पेटि मै गाडी राख्न पाइन्छ भनेर धेरै जसोले पार्किङ स्थल नै बनाउदैनन् ।
जिल्लाको मलंगवा,हरिवन,लालबन्दी,बयलवास र वरथवा लगायतका बजारहरुमा सडक पेटिमा अहिले नाला र सडक छेउमा घरहरु बनिरहेका छन् घर बनाउन चाहिने सामानहरू, गिट्टी बालुवा, ईट्टा जस्ता सामग्रीहरू बाटोमा नै थुपारेका हुन्छन । यसरि जथाभावी रूपमा राखिएका निर्माण सामग्रीहरूले गर्दा नै सर्वसाधारणलाई हिंड्न मुस्किल हुने गरेको स्थानिय युवा किसन महत्तोले बताउनु भयो   । यता सम्बन्धीत निकाय ट्रफिक प्रहरी सम्बन्धीत स्थानिय निकायले सवारी पार्किङको व्यावस्था नगरि दिएका कारण समस्या सृजना भएको भन्दै पन्छीने गरेको छ । भने स्थानिय निकायकाप्रमुखहरु व्यावस्थापनका लागि लागि परेको बताउने गरेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech