Close This

कर्मचारी मिलन केन्द्र सर्लाहीले गर्यो जिल्लाका ४ न्यायाधीशहरुको विदाई,

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-४-१६ गते   २३२० पटक हेरिएको

कर्मचारी मिलन केन्द्र, सर्लाहीले सरुवा भएर जान लाग्नु भएका जिल्ला न्यायाधीशहरूलाई “फेरी भेटौला कार्यक्रम“ मार्फत विदाई गरेको छ । कर्मचारी मिलन केन्द्र, सर्लाहीले एक कार्यक्रमका बिच सरूवा भएर जान लाग्नु भएका जिल्ला न्यायाधीशहरूलाई “फेरी भेटौला कार्यक्रम“ मार्फत विदाई गरेको हो ।
जिल्ला प्रशासन कार्यालय, सर्लाहीको सभा हलमा कर्मचारी मिलन केन्द्रद्वारा आयोजित फेरी भेटौला कार्यक्रममा सर्लाही जिल्ला अदालत सर्लाहीबाट सरूवा भई जान लाग्नु भएका प्रमुख जिल्ला न्यायाधीश ध्रुव कुमार पिया,जिल्ला न्यायाधीश दुर्गा प्रसाद ढुंगेल,जिल्ला न्यायाधीश विदुर कोइराला र जिल्ला न्यायाधीश टेकनाथ गौतमलाई विदाई गरिएको कर्मचारी मिलन केन्द्र, सर्लाहीका अध्यक्ष रामदरेश रायले जानकारी दिनु भयो ।
विदाई हुने न्यायाधीशहरूलाई कर्मचारी मिलन केन्द्रका संरक्षक एवम प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले “मायाको चिनो“, केन्द्रका अध्यक्ष रायले “गम्छा”र केन्द्रका वरिष्ठ उपाध्यक्ष होमनाथ सुवेदीले“अविर र माला“ लगाएर विदाई गर्नु भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला न्यायाधीश पियाले आफ्नो नेतृत्वमा भएको स्थानीय तह निर्वाचन,२०७९ सफलतापूर्वक सम्पन्न गराउन सहयोग पूर्याउने सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी लगायत सबै सर्लाहीबासीमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले कर्मचारी मिलन केन्द्रको भूमिकाको चर्चा गर्दै मिलन केन्द्रले आयोजना गर्दै आएको फेरी भेटौला कार्यक्रम प्रसंशनीय रहेको बताउनु भयो । 
यसैगरी, मिलन केन्द्रका संरक्षक एवम प्रमुख जिल्ला अधिकारी गौतमले न्यायाधीशहरूले सर्लाही जिल्ला अदालत मार्फत सम्पादन गर्नु भएको न्यायीक निर्णयको कारण जिल्लामा दण्डहीनता न्यूनीकरण हुँदै गएको बताउनु भयो । उहाँले समाजमा कानूनी राज्यको प्रत्याभूति दिलाउने न्यायपालिका प्रमुख निकाय रहेको स्मरण गराउदै न्यायको प्रतिमुर्ति न्यायाधीशहरूलाई विदाई गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।
कार्यक्रममा केन्द्रका अध्यक्ष रायले न्यायाधीशहरूले न्यायको क्षेत्रमा खेलेको भूमिका सराहनीय रहेको बताउनु भयो । उहाँले सर्लाही जिल्लाको बसाइको क्रममा भएका राम्रो कुराहरू लिएर जान तथा कार्य सम्पादनको क्रममा  दुःख लागेका कुराहरू विर्सिदिन आग्रह गर्नु भएको केन्द्रका सचिव सुनिल कुशवाहले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला न्यायधिश पिया,न्यायधिश ढुंगेल,कोइराला र गौतम,केन्द्रका संरक्षक एवम प्रमुख जिल्ला अधिकारी गौतम, प्रमुख सेनानी अभिषेक कार्की, सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारी,जिल्ला प्रहरी कार्यालय सार्लहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रवीण पोखरेल, शसस्त्र प्रहरी बल नेपाल १० नम्बर हे.क्वा गण सर्लाहीका गणपति सशस्त्र प्रहरी उपरीक्षक भरत खनिया,अनुसन्धान उप निर्देशक चन्दन कुमार झा, जिल्ला न्याधिवक्ता ऋषिनाथ निरौला,केन्द्रका वरिष्ठ उपाध्यक्ष सुवेदी, धरेलु तथा साना उद्योग सर्लाहीका प्रमुख एवम केन्द्रका सदस्य जितेन्द्र किशोर गुप्ता, जिल्ला स्वास्थ्य कायार्यलय सार्लहीका प्रम्ुख एवम केन्द्रका सदस्य डा.नन्दकिशोर कुशवाहा,जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख प्रशासकिय अधिकृत एवम केन्द्रका सदस्य राजकुमार थापा लगायतको उपस्थिति रहेको थियोे ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech