सर्लाहीमा मोटरसाईकल र टयाक्टर ठोक्किदा मोटरसाईकल चालक सिंहको मृत्यु

150 Shares

सर्लाहीको बसबरिया गाउँपालिका १ मानपुरमा सवारी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।बसबरिया गाउँपालिका १ मानपुर स्थित बिनवाटोलबाट मानपुर तर्फ जाँदै गरेको मधेश प्रदेश ०३–०३० प ९८५८ नम्बरको मोटरसाईकल र मानपुर बजारबाट मानपुर व्यारेजतर्फ जाँदै गरेको प्रदेश २–०२–००१ त २२८० नम्बरको ट्याक्टर शनिबार(आज)साँझ एक आपसमा ठक्कर खाँदा मोटरसाईकलका चालक सर्लाही कै धनकौल गाउँपालिका ३ हरकठवा का अन्दाजी ३० वर्षीय सुरेश कुमार सिंहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा संग्लग्न प्रदेश २–०२–००१ त २२८० नम्बरको ट्याक्टरका चालक सर्लाही कै रामनगर गाउँपालिका ७ सिसौटका अन्दाजी ५० वर्षीय राम अवतार साहलाई नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा अनुसन्धान सुरु भएको छ ।दुर्घटनामा मृत्यु भएका मधेश प्रदेश ०३–०३० प ९८५८ नम्बरको मोटरसाईकलका चालक सिंहको शवलाई पोष्ट मार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सम्बन्धित समाचार